किसानलाई गाई वितरण

0
1773

इलाम ।

गरिबसंग बिश्वेश्वर कार्यक्रम अन्तरगत इलामको रोङ गाउपालिकाका ८ जना किसानलाई गाई वितरण गरिएको छ ।

गाइ ब्याएपछि एउटा बाछी समुहलाई फिर्ता गर्ने गरी निशुल्क गाइ बितरण गरिएको हो । यसरी निशुल्क गाइ पाउने किसानहरुमा रोङ ६ का बिष्णुकुमार राइ, जीवन राइ, इन्द्र कुमार लिम्वु, सपना राइ (लिम्बु), दिलबहादुर लिम्बु, शान्ति राइ, लक्ष्मी देबी बिश्वकर्मा र डोल कुमारी तामाङ्ग रहेका छन ।

रोङ गाउपालिका वडा नं ६ को कार्यलयमा एक कार्यक्रम गरी गाइ बितरण गरिएको हो । रोङ गाउपालिकाका कार्यपालिका सदस्य सुमित्रा योञ्जनको प्रमुख आतिथ्यता, रोङ पशु शाखा प्रमुख मिग्मा रिन्जी शेर्पाको उपस्थितिमा किसानहरुलाइ गाइ बितरण गरिएको गरिवसग बिश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक अञ्जना राइले बताइन ।

समुह र कार्यक्रम अन्तरगत बिभिन्न मापदण्ढको आधारमा किसानहरुको छनौट गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here