भद्रपुरका दुई र कचनकवलका तीनसहित पाँच जना कोरोना सङ्क्रमित

0
913

भद्रपुर ।

झापामा बिहीबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुरका दुई र कचनकवलका तीन जनामा कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२४ पुगेको छ ।

कोसी अस्पताल विराटनगरमा गरिएको पिसीआर रिपोर्टमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनमा बसेकामध्ये भद्रपुर वडा नम्बर १ का ५६ वर्षीय पुरुष र ३ नम्बर वडाका १९ वर्षीय पुरुषमा कोरोना भेटिएको भद्रपुर नगरपालिका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए । कलवलगुरीकै क्वारेन्टाइनमा बसेका कचनकवल ६ नम्बर वडाका ४५ वर्षीय पुरुषमा कोरोना भेटिएको उनले बताए । उनीहरू सबै भारतबाट आएका हुन् ।

त्यस्तै कचनकवलमा पनि दुई जनामा कोरोना पुष्टि भएको छ । पथरिया माविको क्वारेन्टाइनमा बसेकाहरूको दोस्रो पटक स्वाब परीक्षण गर्दा दुई जना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । कोरोना पुष्टि भएकाहरू ६ नम्बर वडाका १७ वर्षीय पुरुष र ४ नम्बर वडाका २५ वर्षीय पुरुष रहेका छन् ।

पथिरयामा माविमा बसेका २३ जनाको स्वाब दोस्रो पटक परीक्षणका लागि पठाएकोमध्ये १९ जनाको रिपोर्ट आएको हो । त्यसमध्ये दुई जनामा पोजेटिभ र अन्यको रिपोर्ट नेगेटिभ आएको हो । चार जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । दोस्रो पटकमा दुई जना कोरोना भेटिएको त्यही क्वारेन्टाइनमा बसेकाहरूको पुनः आरटिडी र पिसीआर परीक्षण गरिने उनको भनाई छ । यसअघि कचनकवलमा एक सय जना कोरोना संक्रमण भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here