बुद्धशान्ति क्वारेन्टाईनमा उच्च सर्तकता

0
1117

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिकाले बनाएको दुई वटा क्वारेन्टाइनमा उच्च सतर्कता अपनाइएको छ । भारत र नेपालकै विभिन्न ठाउँबाट घर फर्किएकाहरु उक्त क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाईनमा रहेका मध्ये पाँच जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाइएको हो । क्वारेन्टानइमा बस्ने ५ जना संक्रमितहरु ताप्लेजुङका ३, पाँचथरका १ र झापा बिर्तामोडका १ जना रहेका छन् ।

एउटै क्वारेन्टाइनमा बस्ने मध्ये ५ जनाको कोरोना पोजेटिभ आएकोले सुरुमा पिसिआर नेगेटिभ आएकाहरुलाई फेरी परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरिएको स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले जानकारी दिए । सुरक्षाका विषयमा पनि क्वारेन्टाइन व्यवस्थापन समितिले विशेष ध्यान दिइरहेको बताइएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, व्यवस्थापन समिति र जनप्रतिनीधिको २४ सै घण्टा निगरानी हुने भएकोले बुद्धशान्तिका स्थानीयहरु डराउनु पर्ने स्थिति नरहेको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेलले बताईन् ।

बुद्धशान्ति गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा थप हुने मानिसहरुको संख्या बढ्दै गएपछि पुन अर्को क्वारेन्टाईन थप गरिएको छ । अहिले सीतारमेश बहुमुखी क्याम्पसलाई पनि क्वारेन्टाईन बनाइएको क्वारेन्टाईन ब्यवस्थापन समितिका संयोजक भीमकुमार नेवारले जानकारी दिए । क्वारेन्टाईन बस्नेहरु बढी हुदाँ कोरोना संक्रमण हुने संभावना उच्च हुने भन्दै क्वारेन्टाईन थप गरिएको हो ।

२ वटा क्वारेन्टाइनमा हाल १४१ जना छन् । क्वारेन्टाइनमा बस्ने बुद्धशान्तिका स्थानीय र पूर्वी पहाडी जिल्लाका मानिसहरु रहेका छन् । बुद्ध आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १३३ र सीतारमेश बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ८ जना छन् । भारतबाट आएका र काठमाण्डौ लगायत अन्य क्षेत्रबाट आएकाहरुलाई छुट्टा÷छुट्टा कोठामा राखिएको छ । बुद्धशान्तिमा नयाँ थपिनेलाई सीतारमेशको क्वारेन्टाइनमा राखिने ब्यवस्था मिलाइएको छ ।

बिर्तामोडका ति पुरुष सुरुमा आफ्नो ठेगाना बुद्धशान्ति–४ भनी ढाँटेर क्वारेन्टाइनमा बसेको तर पछि उनी बिर्तामोडका भन्ने प्रमाणित भइसकेको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य चन्द्र कोइरालाले बताए । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङका क्रममा बुद्धशान्तिका–१ जनालाई कोरोना भाइरस पोजेटिभ भनेपछि केही समय बुद्धशान्तिवासीमा अन्योल सृजना भएको थियो । पछि फेरी रिर्पोट जुधाएर हेर्दा अघिल्लो चोटी पोजेटिभ आएका बिर्तामोडका ती युवाको रिर्पोटलाई मन्त्रालयले दोहो¥याएका कारण मन्त्रालयको गल्ती भएको बताउँदै बुद्धशान्तिमा थप कोरोना पोजेटिभ नभएको आरआरटी सदस्य मनेष दाहालले बताए ।

बुद्धशान्ति क्वारेन्टाइनमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिका र मातहतका कार्यलयहरुबाट दिइने अति–आवश्यक बाहेक अन्य सेवा भने बन्द गरिएको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताए । भाइरसका कारण देश लकडाउनमा भएतापनि बुद्धशान्तिका विभिन्न सामाजिक संघ संस्था, क्लब, पार्टीहरु एकजुट भएर कोरोनाको विरुद्ध लागेको बताउँदै बुद्धशान्तिको क्वारेन्टाइनमा केही व्यक्तिगत सहयोगमा खाने खुवाउने अभियान पनि सञ्चालन भइरहेको अध्यक्ष भूजेलले बताए ।

गाउँपालिकाले स्थापना गरेको कारोना कोषमा पनि विभिन्न संघ संस्थाले सहयोग गरेकोमा सम्पूर्णलाई धन्यवाद दिँदै आगामी नमा अझ एकजुट भएर कोरोना विरुद्ध लाग्न र गलत अपवाफ नफैलाउन अध्यक्ष भूजेलले बुद्धशान्तिबासीलाई अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here