८ महिने बालकसहित थप २७८ जनामा काेराेना पुष्टि

0
637

काठमाण्डाै,

नेपालमा शुक्रबार थप दुई सय ७८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका दुई सय ७८ जनामा सङ्क्रमण देखिएकाे हाे । याेसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या दुई हजार नाै सय १२ पुगेकाे छ ।

आज थपिएका सङ्क्रमितमा ८ महिने बालक पनि रहेका छन् । आज थपिएका कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् । सङ्क्रमितमध्ये निकाे भएर घर फर्किनेकाे सङ्ख्या तीन सय ३३ पुगेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयाे ।

सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुुगेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here