अन्तराष्ट्रिय झापाली समाजद्वारा झापाका स्थानीय तहलाई एक / एक सय भिटिएम किट प्रदान

0
1643

सुरेन्द्र भण्डारी

बिर्तामोड,

अन्तराष्ट्रिय झापाली समाजले कोरोना परीक्षणका लागि झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको छ ।


समाजका उपाध्यक्ष नवीन पोखरेल सहितको टिमले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै प्रत्येक पालिकालाई एक ÷ एक सय थान किट उपलब्ध गराएको हो ।
समाजले भिटिएम किट उपलब्ध गराउँदै झापामा कोरोना परीक्षण ल्याव स्थापनाका लागि समेत सहयोग पु¥याउने जनाएको छ । समाजका उपाध्यक्ष पोखरेलले विगतका वर्षदेखि नै अन्तराष्ट्रिय झापाली समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको र विपद्को क्षणमा समेत यस अघि पनि उद्धार गर्दै आएको समाजले यस पटक झापामा कोरोना परीक्षणका लागि भिटिएम किट अभाव भएसंगै किट उपलव्ध गराएको बताएका छन् ।

कानकाई नगरपालिका प्रमख राजेन्द्र कुमार पोखरेललाई किट हस्तान्तरण गर्दै उनले विभिन्न ४० देशमा अन्तराष्ट्रिय झापाली समाजको शाखा रहेको र नेपालमा रहेका नेपाली दाजुभाईलाई कोरोना परीक्षणका लागि सहजता होस् भन्दै आफूहरुले सहयोग उपलब्ध गराएको पोखरेलले बताएका छन् ।
२०७३ सालमा स्थापना भएको समाजले पछिल्लो समय झापामा ‘एकका लागि एक’ अभियानले ल्याव स्थापना गर्ने कार्यक्रममा समेत सहभागीता जनाउँदै आगामी दिनमा झापामा कस्ता ÷ कस्ता सामग्री आवश्यक पर्छ सहकार्य गर्न अन्तराष्ट्रिय झापाली समाज तयार रहेको बताएका छन् ।

भिटिएम किट ग्रहण गर्दै कनकाई नगरपालिका प्रमुख पोखरेलले झापाली समाजले विपदको क्षणमा देखाएको सामाजिक कार्य प्रशसनीय रहेको भन्दै विदेशमा रहेर पनि झापा र झापालीको सोवामा लाग्नु सवैका लागि अनुकरणीय छ भने ।
यता बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईले समेत समाजको कामलाई मुक्त कण्ठले प्रशंसा गरेकी थिइन् । उनले विषय परिस्थितिमा संघीय सरकारले समेत पर्याप्त किट उपलब्ध गराउन नसकिरहेको अवस्थामा विदेशमा रहेका नेपालीले भिटिएम किट उपलब्ध गराएर ठूलो सहयोग पु¥याएको बताएकी थिइन् ।
त्यस्तै हल्दिवारी गाउँपालिका प्रमुख रविन्द्र लिङ्देनले समाजले गरेको सकारात्मक कामको प्रशंसा गर्दै गाउँपालिकालाई ठूलो गुन लगाएको बताएका छन् । मुलुकलाई लामो समयदेखि लक डाउनमा राखे पनि आवश्यक स्वास्थ्य सामग्री सरकारले पर्याप्त उपलब्ध गराउन नसकेको अवस्थामा विदेशमा रहेका नेपालीले सहयोग गर्नु आफैमा राम्रो हो भन्दै समाजसंग आगामी दिनमा समेत सहकार्य गर्न आफूहरु तयार रहेको बताएका छन् ।

यता अर्जुनधारा गनरपालिका प्रमुख हरिकुमार रानाले विपद्को यो क्षणमा विभिन्न मुलुकमा रहेका नेपाली दाजुभाईहरुले नेपाललाई सम्झिएर किट उपलव्ध गराउनु आफैंमा राम्रो भएको भन्दै अहिलेको यो अवस्थामा आफू बाँचिन्छ कि मरिन्छ भन्ने अवस्थामा अरुलाई रोगमुक्त बनाउन थालिएको अभियान राम्रो भएको बताएका छन् ।

समाजले झापाका १५ वटै स्थानीय तहलाई एक एक सय किट प्रदान गर्ने बताइएको छ । शनिवार वुद्धशान्ति,भद्रपुर, कचनकवल,वाह्रदशी, झापा, गौरादह र गौरीगञ्जलाई किट हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताएको बताइएको छ । कार्यक्रममा एकका लागि एक अभियानका सह संयोजक विनोद वस्नेतले समेत अभियानको विषयमा प्रकाश परेका थिए ।

किट हस्तान्तरणका लागि बीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, वीरता जेसीजका महासचिव विकास बस्नेत ,सामाजिक अभियन्ता शिव कडेल,रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेल, भिष्म ओली, भिम पोखरेल लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here