लकडाउन प्रभावकारीरुपमा कार्यान्वयनका लागि झापाली उद्योगी व्यवसायीसँग आग्रह

0
794

काँकरभिट्टा,

नोवल कोरोना भाइरस कोभिड १९ रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले जेठ ३२ गतेसम्म घोषणा गरेको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयनका लागि झापाली उद्योगी व्यवसायीसहित सवैमा अनुरोध गरेको छ ।

शुक्रबार झापाको विर्तामोडस्थित होटल हिकोला हेरीटेजमा उद्योगी व्यवसायी, दलका प्रमुख प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिबीच भएकोे छलफलमा समितिले यस्तो आग्रह गरेको हो ।

समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोेमनाथ पोर्तेलको सभापतित्वमा भएको छलफलमा उद्योग बाणिज्य संघ मार्फत पेश भएको ज्ञापन पत्रको हकमा मिति २०७७ जेठ २५ गते जिसस झापाको सभाहलमा झापा जिल्लास्थित उद्योग बाणिज्य संघका प्रमुख प्रतिनिधिहरुसँग उद्योग व्यपार सञ्चाल गर्ने मोडालिटीको सुझाव संघीय सरकारमा पठाउने निर्णय भएको छ । यसअघि भएका सवै निर्णयहरुलाई प्रभावकारीरुपमा एकरुपताका साथ सञ्चालन गर्न सवैपालिकाहरुलाई आग्रह गर्ने छलफलले निर्णय गरेको छ ।

छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रमुख सेनानी अमरजंग थापा, उप अनुसन्धान निर्देशक सुशान्त वराल, नेपाल रेडक्रस सोसाईटि झापाका सभापति लोकराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्र्ीय सदस्य उमेश डालमिया, उद्योगी टीकाराज ढकाल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेस झापा सभापति उद्घव थापा, राजपा झापा अध्यक्ष अनुतसिहं राजवंशी, राप्रपाका कमल खरेल, सद्भावना पार्टीका संगीता रौनियरलगायतकोे उपस्थिती थियो ।

यसअघि झापाका उद्योगी व्यवसायीहरुले २४ गतेदेखि झापाका उद्योग व्यवसाय सञ्चालन गर्ने बताएपनि २५ गतेको निर्णय नआइञ्जेल समितिको आग्रहलाई स्वीकार गर्ने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here