मेचीनगरद्वारा सवैमा धन्यवाद ज्ञापन, नगरपालिका अहिलेसम्म कोभिड १९ संक्रमण मुक्त

0
1708

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज नाकासँग सिधा सम्पर्क रहेको नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टामा शुरुदेखि नै सथानीय सरकारको उच्च सर्तकताका कारण अहिलेसम्म मेचीनगरक्षेत्रमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला नपरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

भारत तथा अन्य मुलुकमा अध्ययन तथा रोजगारीका लागि गएका नेपालीहरु अहिले धमाधम काँकरभिट्टा नाका भएर स्वदेश फर्किन थालेका छन् । मेचीनगर नगरपालिकाले आफ्नो श्रोत साधन र जनशक्तिले भ्याएसम्म शुरुदेखि नै उनीहरुको स्वास्थ्य परीक्षण गर्ने गरेकोे छ ।

शाखा संयोजक शशीकला राईका अनुसार नगरपालिकाले स्थापना गरेको सामुदायिक क्वारेण्टिन, होम क्वारेण्टिन तथा पछिल्लो समय वडामा स्थापना गरिएका वडा स्तरीय क्वारेण्टिनमा रहेका ९ सय २४ जनाको नोवल कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिसकिएको छ ।

पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएका २ सय ९ जनामध्ये ९९ जनाको परिणाम आउन बाकी छ भने बाकीको परिणाम नेगेटिभ आएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ७ सय १५ जनाको नोेवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गर्दा १५ जनाको पोजेटिभ आए पनि पीसीआर पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्दा सवैको परिणाम नेगेटिभ आएकोे स्वास्थ्य शाखाले जनाएको छ ।

मेचीनगरकोे विभिन्न क्वारेण्नि र होल्डिङ सेन्टरमा राखिएका ३ सय १५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा ६ महिलासहित १५ जनाको आरडीटी टेष्ट पोजेटिभ आएको थियो । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट पोजेटिभ देखिएपछि सवैको पोलिमिरेस चेन रियाक्सन पीसीआरका लागि नमूना संकलन गरी परीक्षण गर्दा सवैको रिपोट नेगेटिभ आएको हो । काँकरभिट्टा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका १ सय ४८ जना मध्ये ३ र आदर्श माध्यमिक विद्यालय आयावारी क्वारण्टिनमा रहेका १ सय ४५ जनामध्ये १२ गरी कुल १५ जनाको एन्डीबडी पोजेटिभ देखिएको थियो ।

यसैगरी मेचीनगर नगरपालिकामा १८ जेठमा ५४ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि स्वाब संकलन गरि परीक्षणलागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको र सवैको परिणाम नेगेटिभ आएको बताइएको छ ।

मेचीनगरमा अहिलेसम्म यसको संक्रमण फेला नपर्नुमा सम्पूर्ण नगरवासी , नगरभित्रका राजनीतिक दल, विभिन्न संघ संस्था, उद्योगी व्यवसायी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, अधिकारकर्मीलगायत आम नगरवासीको साथ सहयोग समन्वयकै कारण भएको ठहर नगरपालिकाले गरेको छ । यसका लागि नगरपालिकाले सवैमा आगामी दिनमा समेत यस्तै रचनात्मक र सकरात्मक सहयोगको अपेक्षाहित सवैमा हार्दिक आभार र धन्यवाद ज्ञापन गरेको छ ।

‘यो विपद् र महामारीले धनी गरीव जातधर्म अनि चिन्दैंन् ’ नगरप्रमुख विमल आचार्यले भने —‘ अहिले विश्व नोवल कोरोना भाइरस कोभिड १९ को महामारीसँग जुधिरहेकोछ , यस्तो विपद्मा सवैजना उत्तेजित नभई सचेत हुनुपर्छ । नगरवासीको साथ सहयोग र सचेतका कारण अहिलेसम्म मेचीनगरमा यसको सक्रमण छैन । कामना गरौ नहोस पनि । यसका लागि म मेचीनगर नगरपालिकाकातर्फबाट आगामी दिनमा समेत रचनात्मक र सकरात्मक सहयोगको अपेक्षाहित सम्पूर्ण नगरवासी, नगरभित्रका राजनीतिक दल, विभिन्न संघ संस्था, उद्योगी व्यवसायी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, अधिकारकर्मीलगायत सवैमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछु ।’

नगरपालिकाले नगरमै प्राइमरी आइसोलेसन बनाउने तयारी गरेको छ । नगरमै प्राइमरी आइसोलेसन बनाउन तयारी गर्ने प्रदेश नं १ मै मेचीनगर पहिलो नगरपालिका भएको उपप्रमुख मीना पोखरेल उप्रेतीको दावी छ ।

नगरपालिकाको वडा नं ११ मा रहेको धाइनजन स्वास्थ्यचौकीमा ३० शैयाको आइसोलेसन कक्ष बनाउने तयारी भइरहेकोे उपप्रमुख पोखरेलको भनाई छ । मेचीनगरमै आइसोलेसन नबनाए भोलिका दिनमा नगरवासीको स्वास्थ्य सङ्कटमा पर्ने देखेर बेलैमा तयारी गरिएको हो ।

उपप्रमुख उप्रेतीले विश्व महामारीका रूपमा फैलिएको यो कोरोना महामारीसँग जुध्न नगरवासीसहित सबैसँग सहकार्यका लागि नगरपालिकाले हात बढाएको बताइन् । आवश्यक स्वास्थ्य सुरक्षणका सामग्री र नगरकै स्वाथ्यकर्मीको टोलीको प्रबन्ध मिलाइरहेको बताउँदै नगरवासीले भोको बस्नुपर्ने र उपचार नपाउने अवस्था सिर्जना हुन नदिन स्थानीय सरकार सक्रियपूर्वक अघि बढेको उनको भनाई छ ।

यस्तो विपद्मा सवैजना आफ्नोे घर परीवार आफ्न्तसँग सँगै बस्न रमाउन सुखदुख बाड्न चाहाने भएउकाले विदेशमा श्रम गर्न गएका नेपाली दाजुभाई दिदीबहिनीहरु यहि विपद््का समउमा घर फर्किरहेका कतिजना घर फर्किने क्रमा रहेको बताउदैं उपप्र्रमुख उप्रेतीले कोरोना ल्याउछ, सार्छ भनेर विदेबाट आएका व्यक्तिलाई गाउँघरमा पस्न नदिने, दुव्र्यव्यहार गरेर संक्रमण नरोकिने यसले सामाजिक एकता सदभाव खलबलिने भएकाले विदेशबाट फर्किएका व्यक्तिलाई भेद्भाव नगरी सम्मानित ढंगले क्वारेण्टिन एकान्तवासमा बस्न प्रेरित गर्नुपर्ने धारणा राखीन ।

झापामा संक्रमितको संख्या १ सय ३६ पुग्यो

झापामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या १ सय ३६ जना पुगेको छ । जिल्लास्थित स्वास्थ्य अधिकारीहरुका अनुसार झापामा शुक्रबार थपिएका १२ सहित झापामा कोरोना भाइरस संक्रमितको संख्या १ सय ३६ जना पुगेको हो ।

१ नम्बर प्रदेशमा शुक्रबार कोभिड १९ को संक्रमण पुष्टि भएका ३९ जना संक्रमित मध्ये झापाको कचनकवल गाउँपालिकाका १० जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका १÷१ जना गरी १२ जना रहेको १ नम्बर प्रदेशकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै झापामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या १ सय ३६ पुगेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

शुक्रबार थपिएका १२ सहित अब कचनकवल गाउँपालिकामा संक्रमतिको संख्या १ सय १२ पुगेको छ । उता भद्रपुर नगरपालिकाका ४, दमक नगरपालिकाका १, गौरादह नगरपालिकाका ३, बुद्वशान्ति गाउँपालिकाका ५, कमल गाउँपालिकाका १, गौरीगञ्ज गाउँपालिकका ५, बाह्रदशी गाउँपालिकाका ४ र झापा गाउँपालिकाका १ जना कोरोना संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here