झापाली दुई संस्थाद्धारा बुद्धशान्ति गापालाई स्वास्थ्य सामाग्री प्रदान

0
1236

शान्तिनगर ।

मेची अभियान र अन्तराष्ट्रिय झापाली समाजले बुद्धशान्ति गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिवार गाउँपालिका परिषरमा  एक कार्यक्रमको आयोजना गरी यी दुई संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

मेची अभियानका अभियान्ता तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा गाउँपालिकालाई मेची अभियानले एक सय थान भिटिएम किट, पाँच थान पिपिई, एक सय थान माक्स र एक कार्टुन स्यानेटाईजर गाउँपालिका अध्यक्ष रमेशकुमार भूजेललाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै, अन्तराष्ट्रिय झापाली समाजले पनि सोही कार्यक्रममा एक सय थान भिटिएम किट उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । मेची अभियानका संयोजक विजय डालमिया, अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोख्रेल लगायत विभिन्न पार्टिका प्रतिनीधि,विभिन्न संघ–संस्थाका प्रतिनीधि, बुद्धशान्ति गा.पा.का प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाई, सात वटै वडा वडाध्यक्षहरु र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै ने.का.प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाले देश थलिएको अवस्थामा सवै स्थानीय–तहले कोरोना विरुद्धका काममा वढी जोड दिन आग्रह गरे । गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले स्वास्थ्य सामाग्री सहयोग गर्ने दुवै संस्थालाई धन्यवाद ज्ञापन गर्दै उक्त सामाग्रीले कोरोनाबाट बच्न र क्वारेन्टाईनमा रहेकाहरुको कोरोना परीक्षणमा सहयोग पुग्ने प्रतिक्रिया दिइन् ।

त्यस्तै, गाउँपालिका अध्यक्ष भुजेलले गा.पा. कै स्वास्थ्यकर्मीको सहयोगमा स्वाव संकलन गर्न भिटिएम किट उपलब्धिपूर्ण हुने बताए । उनले भने,–‘यसअघि हामीले दुई सय थान भिटिएम किट खरिद गरेका थियौं । उक्त भिटिएम किटबाट ५० जना बढीको स्वाव संकलन गरी विराटनगर पठाएको र आज प्राप्त स्वास्थ्य सामाग्रीले थप सहयोग मिलेको छ ।’ मेची अभियान र अन्तराष्ट्रिय झापाली समाजले झापाको बुद्धशान्ति संगै भद्रपुर, कचनकवल, बाह्रदशी,झापा गाउँपालिका, गौरीगञ्ज र गौरादहमा स्वास्थ्य सामाग्री वितरण गरिने मेची अभियानका अभियान्ता तथा ने.का.प्रबक्ता शर्माले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here