वीरता जेसीजलाई ‘जेसीज अफ द मन्थ मे २०२० एरिया ए’ को अवार्ड

0
1727

बिर्तामोड ।

नेपाल जेसीजले झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गर्दै ‘जेसीज अफ द मन्थ मे २०२० एरिया ए’ को अवार्ड प्रदान गरेको छ ।

नेपाल जेसीजले वीरता जेसीजलाई सामाजिक तथा मानवीय सेवा र व्यक्तित्व तथा नेतृत्व विकासको क्षेत्रमा गरेको विभिन्न उत्कृष्ट कार्यलाई मूल्यांकन गर्दै ‘जेसीज अफ द मन्थ मे २०२० एरिया ए’ को अवार्ड प्रदान गरेको हो ।

वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ मे २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेकोमा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलले शाखालाई थप हौसला र आगामी दिनका लागि काम गर्न थप उत्साहित बनाएको बताए ।

उनले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकर , क्षेत्र ‘क’ का लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विजय गुरुङ, निरुपित राष्ट्रिय उपाध्यक्ष गोविन्द पंगेनी लगायत नेपाल जेसीजका बोर्डका पदाधिकारीहरुप्रति आभार व्यक्त गरेका छन् ।.

त्यस्तै उनले वीरता जेसीजको यो उत्कृष्ट कार्यका लागि भूमिका निर्वाह गर्ने सन् २०२० को बोर्ड, संयोजकहरु, सदस्यहरु, संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, अन्य सहयोगी शुभचिन्तक सवैमा धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यकासाथ क्रियाशील रहन आग्रह गरेका छन् ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनको समयमा वीरता जेसीजले झापाको सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा झापामा सुरु गरिएको ‘एकका लागि एक’ अभियान मार्फत कोरोना भाइरसको परीक्षणमा सघाउ पुर्याउन जिल्ला प्रशासन कार्यालय झापा र लाई भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट प्रदान गरेको थियो ।

त्यस्तै ‘एकका लागि एक’ अभियान मार्फत लकडाउनका कारण भोकभोकै रहनुपर्ने अवस्थामा रहेका विपन्न, गरीव तथा असहाय परिवारलाई खाद्य सामग्री वितरण र तयारी खानेकुरा वितरण कार्यक्रम सञ्चालन गरेको , पत्रकार , प्रहरी ,ट्राफिक , स्थानीय वासिन्दा लगायतलाई माक्स , स्यानीटाइजर लगायतका सामग्री वितरण गरेको अध्यक्ष पोखरेलले बताए ।
नेपाल जेसीजमा देशभर एक सय ४२ शाखा छन् भने क्षेत्र ‘क’ मा ३७ वटा शाखा रहेका छन् । नेपाल जेसीजले हरेक महिना कार्यसम्पादनको आधारमा उत्कृष्ट शाखा चयन गरी पुरस्कृत गर्दै आएको वताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here