झापाका स्थानीय तहलाई जनस्तरबाट स्वास्थ्य सामग्री

0
995

सुरेन्द्र भण्डारी
बिर्तामोड, झापामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बेढेपछि जनस्तरबाट स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गर्न शुरु गरिएको छ ।
‘एकका लागि एक’ अभियान, मेची अभियान र अन्तराष्ट्रिय झापाली समाजले झापाका स्१५ वटा थानीय तहलाई कोरोना परीक्षणका लागि भिटिएम किट ( भाइरल ट्रान्सपोर्ट मिडिया), व्यक्तिगत सुरक्षा कवच ( पीपीए), सेनिटाइजर र एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
एकका लागि एक अभियान संगको सहकार्यमा अन्तराष्ट्रिय झापाली समाजले झापाका १५ वटै स्थानीय तहलाई एक हजार पाँच सय भिटिएम किट उपलब्ध गारएको छ भने मेची अभियानले ६ वटा पालिकालाई भिटिएम किट सहित पीपीए, सेनिटाइजर र एन ९५ मास्क उपलब्ध गराएको छ ।
अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले ‘एकका लागि एक’ अभियानसंग सहकार्य गर्दै सबै स्थानीय तहमा पुगेर १५ सय थान भाइरल ट्रान्सपोर्ट मिडिया उपलब्ध गराउनुभयो । पहिलो चरणमा आफूहरुले आवश्यकताका आधारमा भिटिएम किट उपलब्ध गराएको बताउँदै स्थानीय तहका प्रमुख तथा उपप्रमुख संग छलफल पछि समाजले दोस्रो चरणको सहयोग गर्ने उपाध्यक्ष पोखरेलले बताउनुभयो । ‘अहिले हामी छलफलकै क्रममा छौ’ं उपाध्यक्ष पोखरेलले भन्नुभयो – सबै पालिकाले कोरोना परीक्षणका लागि ल्याव स्थापनाको कुरा गरिरहनु भएको छ, एकका लागि एक अभियानसंग छलफल गर्दै ल्याव स्थापनाका लागि समाजले २५ लाख रुपैयाँसम्म सहयोग गर्ने सोच बनाएको छ ।
विपन्न परिवारलाई सहयोगका लागि सञ्चालन गरिएको ‘एकका लागि एक’ अभियानले एक करोड २५ लाख रुपैयाँको लागतमा कोरोना परीक्षण गर्ने ल्याव स्थापनार्थ पहल गरिरहेको अभियानका सह संयोजक विनोद वस्नेतले जानकारी दिनुभयो ।


यता मेची अभियानले कोरोना संक्रमण देखिएका तथा सीमावर्ती पालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । अभियानका संयोजक विजय डालमियाका अनुसार ८ वटा पालिकाका प्रमुख तथा उपप्रमुखलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।
अभियानका संयोजक डालमियाका पहिलो चरणअन्तरगत बुद्धशान्ति गाउँपालिकालाई एक सय थान भिटिएम,पाँच थान पीपीए, एकसय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ ।
भद्रपुर नगरपालिका , कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०— ५० थान भिटिएम ,पाँच — पाँच थान पीपीए, एकसय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको छ ।
त्यस्तै मेचीनगर र गौरादह नगरपालिकालाई सोही बराबरको सामान उपलब्ध गराइएको अभियान संयोजक डालमियाले जानकारी दिनुभयो ।


दोस्रो चरणमा आवश्यकता हेरेर १५ वटै पालिकालाई आवश्यक सामग्री उपलब्ध गराइने अभियानका सदस्य तथा कांग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकीले बताउनुभयो ।
सामान हस्तान्तरण कार्यक्रममा बुद्धशान्तिका अध्यक्ष रमेश भुजेल,उपाध्यक्ष मिरा भुर्तेल, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ , कचनकवल अध्यक्ष अन्जार आलम , बाह्रदशी अध्यक्ष खड्गप्रसाद राजवंशी , झापा अध्यक्ष जयनारायण साह र गौरीगञ्ज अध्यक्ष बाबुराजा श्रेष्ठले अभियानले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कोरोनासँग जुध्न सहयोग गरेको बताउनुभएको थियो ।
जनस्तरबाट उपलब्ध गराइएको स्वास्थ्य सामग्रीले कोरोनासंग जुध्न र समय सापेक्ष भएको जनप्रतिनिधिको भनाई छ । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सहभागी बन्नुभएका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाबाट बच्न सर्तक हुनु भन्दा अर्काे उपाय नरहेको बताउँदै अमेरिका जस्तो देशले समेत कोरोनालाई परास्त गर्न नसकेको बताउनुभयो । अमेरिकामा सबै स्रोत र साधन भएपनि अमेरिकाले कोरोना नियन्त्रण गर्न सकेन शर्माले भन्नुभयो – यो वेला सचेत रहँदै सरकारको अभियानलाई सहयोग पु¥याउन म सबैलाई आग्रह गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here