लकडाउनमा भएका १५ अपराधिक गतिविधि: बुबा हराएको उजुरी गर्दा पक्राउ, गाई काटेको अभियोगमा ११ पक्राउ

0
985

बिर्तामोड ।

कोरोना भाइरसको संक्रमण बढेसंगै संक्रमितलाई सुरक्षित स्थानसम्म पु¥याउने तथा लक डाउन कार्यान्वयनमा अग्र भागमा देखिने प्रहरीले अन्य अपराधका घटनामा सम्लग्नलाई पनि पक्राउ गरिरहेको छ ।

प्रदेश १ का १४ जिल्लामा लकडाउनको समयमा समेत हत्याका घटनामा कमी नआएको प्रहरीले जनाएको छ । लक डाउनकै अवधिमा इलामको देउमाई ६ शान्तिडाँडामा आफ्नै छोरीले बुवाको हत्या गरिन् । २५ वर्षीय सुस्मा राईले ५१ वर्षीव व्वा फूलवहादुरको गत जेठ ६ गते बन्चरो प्रहरा गरी हत्या गरेको प्रहरीले जनाएको छ । उता उदयपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

उदयपुरको रौतामाई गाउँपालिका – ८ का ५२ वर्षीय विष्णु तामाङले ३४ वर्षीया श्रीमती दिलमाया तामाङको हत्या गरेका हुन् मजदुरी काम गर्दै आएका दुवै जनाबीच केही समयदेखि घरायशी समस्याका कारण विवाद हुने गरेको स्थानीयले बताएका छन् । विष्णुले दिलमायालाई खुर्पाले टाउको तथा संवेदनशील अंगमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सुमन कुमार तिम्सिनाले बताए ।

यता गत जेठ ४ गते सुनसरीको इटहरी १२ घर भई विराटनगर १० मधुमारामा डेरा गरी बस्तै आएका ३३ वर्षीय देवीप्रसाद दुलाललाई आफ्नै श्रीमतीले हत्या गरिन् । आफ्ना प्रेमीसंग मिलेर फार्मेसी सञ्चालक समेत रहेका दुलालको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । हत्यामा सम्लग्न विराटनगरका २१ वर्षीय व्रह्मदेव साह र सुनसरीका २० वर्षीय सोनु साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङकै विराटनगर १४ झडियामा ६९ वर्षीय सत्यराम भनिने सितारा चौहानलाई आफ्नै छोराले हत्या गरी घर भित्रै गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । पैसाको निहुँमा वुवाको हत्या गरेको छोरा रोहित चौहान र नागेन्द्र चौहानले स्वीकार गरेको प्रहरीले जनाएको छ । वावुको हत्या गरी घर भित्रै खाल्डो खनेर गाडेपछि उनीहरुले लकडाउनको समयमा आफ्ना वुवा हराएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए । घटना जेठ ३ गतेको हो ।

त्यस्तै सुनसरीको वराह क्षेत्रमा बस्तै आएका ३७ वर्षीय कमल राईको हत्या भएको अवस्थामा शव फेला परेको थियो । वराह क्षेत्र ३ ईक्राही जमुना कित्तास्थि प्लटिङ जग्गामा शव फेला परेको वरिस्ट प्रहरी उपरीक्षक तिम्सिानाले बताए । उनको हत्यामा सम्लग्न वहार क्षेत्रका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीपराज धामीलाई पक्राउ गरेको थियो ।

त्यस्तै सुनसरीको इटहरीमा आफ्नै साथीले २७ वर्षीय रोदन राईको हत्या गरेका छन् । यूकेमा बस्तै आएका रोदन छुट्टीमा आएपछि साथीलाई वोलाएर मादक पदार्य सेवन गरिरहेको अवस्थामा उनीहरुबीच विवाद भएको र घर जाने क्रममा रोदनलाई आफ्नै साथीले हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यामा सम्लग्न मोरङ कानेपोखरीका २० वर्षीय प्रज्ववल तामाङ, इटहरीका १९ वर्षीय अभिशेष केशी(गिरी) र सोही स्थानका २३ वर्षीय अभिशेख पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्यामा सम्लग्न सबैलाई प्रहरीले पक्राउ गरी कानूनी कारवाही अगाडि बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उता तेह्रथुममा छोराले वुवा आमाको हत्या गरेका छन् । १३ थुमको फेदाप गाउँपालिका – ५ इसिवुका २० वर्षीय कञ्चन लिम्बूले आफ्नै आमा वुवाको हत्या गरेका ह्न् । उनले ४२ वर्षीय रुपवहादुर लिम्बू र रुपेनी लिम्बूको वञ्चरो प्रहरा गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

खोटाङमा आफ्नै सालाले भिनाजुको चिरपट प्रहार गरेर हत्या गरेका छन् । खोटाङको केपिलासगडीमा बस्तै आएका २७ वर्षीय मिलन राई र उनकै भाई २० वर्षीय जीवन राईले ४७ वर्षीय भिनाजु प्रितिलाल राईको हत्या गरेको प्रहरीले जनाएको छ । त्यस्तै खोटाङ र धनकुट्टामा श्रीमानको हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । धनकुट्टाको छ थर जोरपार्टी ४ पानीट्याङ्कीकी ४२ वर्षीया धनमाया लिम्बूले श्रीमान ४७ वर्षीय इन्द्रवहादुर लिम्बूलाई घरेलू हतियार प्रहरा गर्दै हत्या गरेकी थिइन् । उता खोटाङको १२ वोपरी १ की ५० वर्षीय मेनुका राईले श्रीमान कुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

यता मोरङमा नवजात शिशुको हत्यामा संम्लग्न भएको आरोपमा एक महिला पक्राउ परेकी टिछन् । अबैध सम्वन्धबाट गर्भ रहेपछि जन्मिएको नवजात शिशुलाई हत्या गरेर ट्वाइलेटमा फ्यालेको अवस्थामा ३८ वर्षीय महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लक डाउनकै समयमा जंगलमा सिकार गर्ने दुई जनालाई खोटाङ र सोलुखुम्वुवाट पक्राउ गरिएको जनाएको छ । लकडाउनको समयमा विभिन्न व्राण्डका स्टीकर टाँस गरी नक्कली मदिरा बेच्ने एक जनालाई विराटनगर ११ वसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँका श्रवण मुखिया रहेको मोरङ प्रहरीले जनाएको छ । उनले विभिन्न व्राण्डका वोतलमा नक्कली रक्सी मिसाएर बेच्ने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यता लकडाउनकै समयमा झापा र खोटाङबाट गाई गोरु बाट्ने ११ जना पक्राउ गरेका छन् ।

झापाको दमक वेलडागी सिविरमा वस्तै आएका दुई जनालाई घर भित्रै गाई काटीरहेको अवस्थामा पक्राउ गरिएको थियो भने खोटाङको हलेसी मयाङ्फू र साकेलाबाट गोरु काटिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लकडाउनको समयमा पूर्वका जिल्लामा भएका आपराधिक घटनामा सम्लग्नलाई धमाधम पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here