मोरङ जस्तापाता वितरण

0
995

विराटनगर ।

मोरङका प्रदेशसभा सदस्य चुमनारायण तवदारले आफ्ना निर्वाचन क्षेत्रमा फुसको छाना हटाउने अभियानको शुरुआत गर्नुभएको छ ।

अतिविपन्न, गरिब, असहाय, दलित तथा पिछडावर्गलाई लक्षित गरी सञ्चालनमा गरिएको सो अभियानमा बूढीगङ्गा गाउँपालिकामा ५६ परिवारलाई जस्तापाता वितरण गरिएको छ ।

एक वडामा आठ परिवारलाई वितरण गरिने सो कार्यक्रमअन्तर्गत सो गाउँपालिकामा एक वडादेखि सात वडासम्मका ५६ परिवारलाई जस्तापाता वितरण गरेको सदस्य तवदारले जानकारी दिनुभयो । सो अभियानअन्तर्गत उहाँले गएको वर्षमा आफ्ना निर्वाचन क्षेत्रमा ८२ परिवारलाई जस्तापाता वितरण गर्नुभएको थियो ।

बूढीगङ्गा गाउँपालिका वडा नं १ निवासी रामपाल ऋषिदेवले घरको छानाका लागि सांसदबाट प्राप्त सहयोगले हामीलाई निकै सुविधा भएको र यसबाट हामी आफ्ना बालबालिकालाई घाम, पानीबाट बचाउन मद्दत मिलेको जानकारी दिनुभयो ।

सोही वडाका शिवचन्द्र क्रृषिदेव, ध्रुव परियार, शिवचन्द्र राजवंशी र पार्वती विकले पनि हिजोसम्म हाम्रा घरमा खरको छाना थियो तर आज सांसद तबदारले गर्नुभएको सहयोगबाट छाना परिवर्तन भएको छ र हाम्रा घरपरिवार खुशी छाएको प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here