मेचीनगरबाट आठ सडक महिलाको उद्धार

0
940

भद्रपुर ।

मेचीनगरका सडकमा दयनीय जीवन गुजार्दै आएका एक बच्चासहित आठ महिलाको सोमबार बिहान उद्धार गरिएको छ ।

प्रदेश नं १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहल र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीको सहयोगमा उनीहरुको उद्धार गरिएको हो ।

मानसिक सन्तुलन गुमाएका उनीहरु लामो समयदेखि मेचीनगरका सडकमा असुरक्षितरुपमा बस्दै, सुत्दै आएका हुँदा उनीहरुको उपचार गर्न र खाना बस्नका लागि सुरक्षित आश्रय प्रदान गर्न उद्धार गरेर विराटनगर पठाइएको उपप्रमुख उप्रेतीले बताउनुभयो ।

“कोरोना सङ्क्रमणको उच्चजोखिम र लकडाउन भएका बेला सडकमा असुरक्षित बसोवास गर्ने भएको हुँदा उद्धार गरेका हौँ”, उहाँले भन्नुभयो, “अब उनीहरुलाई सुरक्षित आश्रय स्थलमा राखेर उपचार गरिन्छ ।”

विराटनगरमा मन्त्री गजमेरले उनीहरुको कोरोना परीक्षण गरेरमात्र मानव सेवा आश्रममा लैजाने व्यवस्था गर्नुभएको उप्रेतीको भनाइ छ । एक महिनाअघि मात्र झापाको बिर्तामोड र मेचीनगरबाटै नौजना सडक महिलाको उद्धार गरेर आश्रममा लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here