पूर्बी पहाडको अध्ययन गर्दै एनएन फाउण्डेशन : मेरिङ्देन गाउपालिकामा ७८.२४% मानिस साक्षर

0
1508

 


सुरेन्द्र भण्डारी

बिर्तामोड, 

पूर्बी नेपालको उत्तरी जिल्ला ताप्लेजुङ जिल्लाको उत्तर पश्चिम भागमा पर्छ मेरिङ्देन गाउँपालिका । साविकको थिङ्लाबु, सान्थाक्रा, खाम्बुङ, लिङ्तेप, थुकिमा तथा नाल्बु गाउँ विकास समितिलाई समेटेर यो गाउँपालिका तयार बनेको हो । २१०.३३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको यो गाउँपालिकामा उष्ण प्रदेशीय हावापानी पाइन्छ ।२ हजार ५ सय ६२ घर धुरी र १२ हजार ६ सय २५ जनसंख्या रहेको यो गाउँपालिकामा ४८.२२ प्रतिशत महिला र ५१.७८ प्रतिशत पुरुषको बसोवास रहेको छ । यहाँका नागरिकको मूख्य पेशा कृषि हो । धान मकै कोदो यहाँको प्रमुख बाली मानिन्छ । ७८.२४ प्रतिशत साक्षरता रहेको यो गाउँपालिकामा ३६ वटा सामुदायिक विद्यालय छन् ।

जातीय हिसावले मिश्रित बसोवास रहेको यो गाउँपालिकामा बाहुल्यता भने लिम्बूकै छ । यहाँ ५१.३३ प्रतिशत मानिस लिम्बू छन् भने अन्य शेर्पा तामाङ, मगरको बसोवास पनि रहेको छ । लिम्बू समुदायको वाहुल्यता रहेको यो गाउँपालिकामा किरात धर्म मान्नेको संख्या धेरै छ । यहाँका ५४.२२ प्रतिशत मानिसले किरात धर्म मान्छन् । त्यस्तै बौद्ध, हिन्दू, क्रिष्च्यन धर्मावलाम्वी हरुको पनि बसोबास रहेको छ ।

यहाँ २८.१८ संयुक्त परिवारको वसोवास रहेको छ भने ७१.८२ प्रतिशत एकल परिवारको वसोवास छ । वडागत हिसावले हेर्ने हो भने वडा नम्वर ५मा ३९४ र वडा नम्वर २मा ३६३ परिवार छन् । ६ वटा वडामा विभाजन गरिएको यो गाउँपालिका घरको स्वामित्वको आधारमा भाडामा बस्ने थोरै छन् भने आफ्नै घर भएका मानिसको संख्या अधिक छ ।

बिर्तामोडमा रहेको एनएन फाउण्डेशनको प्रविधिक सहयोगमा गाउँपालिकाले तयार गरेको सर्वेक्षण अनुसार भाडामा बस्ने महिलाको संख्या ७७७ पुरुषको संख्या ७९६ रहेको छ । त्यस्तै आफ्नै घर भएका महिलाको संख्या यो गाउँपालिकामा ५३११ रहेको छ भने पुरुषको संख्या ५७६८ रहेको छ ।

१२ वर्षमुनिको उमेरमा विवाह गर्नेको संख्या यो गाउँपालिकामा ०.४६ प्रतिशत रहेको छ । त्यस्तै १२देखि १७ वर्षको उमेर समूहमा विवाह गर्नेको संख्या १६.४६ रहेको छ । १८ वर्षदेखि २१ वर्ष उमेरमा विवाह गर्नेको संख्या ७५.१३ प्रतिशत रहेको छ भने ४० वर्षमाथि पहिलोपटक विवाह गर्नेको संख्या ०.९७ रहेको छ ।

यो गाउँपालिकामा कृषि तथा पशुपालन गर्नेको संख्या ८८.३७ प्रतिशत छ । ४.०६ प्रतिशत मानिस व्यवसायमा सम्लग्न छन् । दैनिक ज्यालादारीमा काम गर्नेको ४.०६ र निजी क्षेत्रमा काम गर्नेको संख्या ०.२७ रहेको छ । वैदेशिक रोजगारीको लागि यो गाउँपालिकामा बासोबास गर्नेको संख्या १.२९ रहेको छ भने सरकारी जागिरे १.८ प्रतिशत छन् । स्वरोजगार ०.१६ प्रतिशत मात्रै छन् ।

आर्थिक रुपमा सक्रिय महिलाको संख्या हेर्ने हो भने यो गाउँपालिकामा १५देखि ६४ वर्ष उमेर समूहका ६३.३२ प्रतिशत महिला सक्रिय छन् । यही अनुपातमा पुरुषलाई हेर्ने हो भने पुरुषको उपस्थिति ६५.५७ रहेको छ । यो गाउँपालिकामा अपाङ्गता भएका मानिसको संख्या ३६१ रहेको छ । यो गाउँपालिकामा कुल जनसंख्याको २.८८ प्रतिशत मानिस अपाङ्गता भएका छन् ।

यो गाउँपालिकामा बसाई रहेर आउने भन्दा जानेको संख्या धेरै रहेको पाइएको छ । एक वर्षको तथ्याङ्कलाई हेर्ने हो भने एक वर्षमा यो गाउँपालिकामा ९७ परिवार वसाई सरेर गए भने २२ परिवार अन्यत्रबाट आएको देखिन्छ । गाउँपालिकाले तयार पारेको डिजिटल पाश्व चित्रलाई आधार मान्दा यो गाउँपालिकामा २०७६÷०७७मा ३३६ महिला र ३७६ पुरुषको जन्म दर्ता भएको छ । यो अवधिमा ९८ वटा विवाह दर्ता भएका छन् ।

तीन महिना मात्र खान पुग्ने मानिसको परिवार संख्या यो गाउँपालिकामा ७८६ रहेको छ भने तीन महिनादेखि ६ महिनासम्म खानपुग्ने परिवार संख्या एक हजार ८ रहेको छ । ६देखि ९ महिना खान पुग्ने परिवारको संख्या ४३२ रहेको छ । त्यस्तै एक वर्ष खान पुग्ने परिवारको संख्या ९४ र वर्ष भरि खाएर बेच्न पुग्ने परिवारको संख्या १९ मात्र रहेको छ ।
यहाँ कच्ची संरचना भएका घर दुई हजार १ सय ९७ रहेका छन् भने एक सय ७० घर अर्धकच्ची पक्की घर ५ र खर फुसको १९० वटा रहेका छन् ।यहाँका ५५८ जना मानिस वैदेशिक रोजगारीमा छन् । जसमा मलेशिया जानेको संख्या यो गाउँपालिकामा धेरै छ । यो गाउँपालिकामा वैंकमा खाता नभएका मानिसको संख्या धेरै छ । अझ वैंकमा खाता खोल्नुपर्छ भन्ने चेतना नभएका मानिसको संख्या पनि छ । गाउँपालिकाभित्र बसोवास गर्ने ३६० घरधुरीले मात्रै वैंकमा खाता खोलेका छन् । पाथीभरा,नागी चौर, घुमाउने पोखरी, अन्लोङ्देन टार, साजु पोखरी, माने पोखरी आदि धार्मिक तथा पर्यटकीय क्षेत्र हुन् ।

यहाँ एक आयुर्वेद अस्पताल, ६ स्वास्थ्य चौकी, ३ वटा वर्थिङ सेन्टर र ३ सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । गाउँपालिकाको तथ्याङ्कलाई आधार मान्ने हो भने ७९२ जना मासिन प्रमुख रोगवाट ग्रसित छन् । अल्जाइमर १०, आस्थामा २००, उच्चरक्तचाप १४२ क्यान्सरका २७ विरामी छन् । यहाँ ५९२ वटा सार्वजनिक धारा छन् । खानेपानीको उपयोग गर्ने परिवार संख्या हेर्ने हो भने कुवाको पानी ६, मूलको पानी ८७, पोखरीको पानी १७, खोलाको पानी १० परिवारले खान्छन् भने एक हजार ८ सय ५१ परिवारले व्यक्तिगत धाराको पानी खान्छन् ।

शौचालय प्रयोग गर्नेको संख्यालाई हेर्ने हो भने अझै पनि १२६ परिवारमा शौचालय छैन । ४४१ प्रिवारमा सामान्य शौचालय छ । त्यस्तै १९५ परिवारमा पक्की ढलमा सिसाइएको शौचालय छ भने १८०० परिवारमा पक्की सेफ्टी ट्याङ्की छन् ।
आधुनिक सुविधामा पहँच लाई हेर्ने हो भने यो गाउँपालिकामा वसोवास गर्ने मानिसको २ वटा घरमा मात्रै फ्रिज छ । मोटरसाइकल प्रयोगकर्ता २२,कम्प्युटर प्रयोग कर्ता ४८, टेलिभिजन प्रयोगकर्ता ३०२ र मोवाइल प्रयोगकर्ता २२५२ छन् ।

गाउपालिकाको डिजिटल पाश्र्वचित्र


बिर्तामोड, जेठ २७। मेरिङ्देन गाउँपालिकाले डिजिटल पाश्र्व चित्र तयार गरेको छ ।
झापाको बिर्तामोडमा रहेको एनएन फाउण्डेशनको प्राविधि सहयोगमा तयाग रिएको डिजिटल पाश्र्व चित्र गाउँपालिकाका अध्यक्ष गणेशवहादुर लिम्बू, उपाध्यक्ष कल्पना तुम्वाफो र प्रमुख प्रशासशीय अधिकृत डम्वरवहादुर आङदेम्वेलाई हस्तान्तरण गरिएको छ । ८४ पृष्ट लामो पाश्र्व चित्रमा गाउँपालिकाका सबै पक्षलाई समेटिएको छ ।

पाश्र्व चित्रले गाउँपालिकाको विस्तृत वस्तुगत विवरण, वर्तमान अवस्था, जनसङखीकी विवरण, सामाजिक तथा सास्कृतिक आर्थिक विवरणसहित वातावरणीय पक्षलाई समेत समेटिएको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्वेले बताए । पाश्र्व चित्र एनएन फाउण्डेशनका प्रवन्ध निर्देशक निरज निरौलाले गाउँपालिकालाई हस्तान्तरण गरेका थिए ।

——————————————————————————————————

इपेपर हेर्न यहाँ क्लिक गर्नुहोस् । https://purwanchaldaily.com/wp-content/uploads/2019/06/28-jestha.pdf

गाउँपालिकाको  थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Meringden_Final_Report 6-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here