कोरोना भाइरसमा मौसम परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट छैन : डब्लूएचओ

0
559

काठमाण्डाै,

कोरोना भाइरसमा मौसम परिवर्तनको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ ।

डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले नियमित प्रेस ब्रिफिङमा पृथ्वीको दक्षिण धु्रवमा जाडो मौसम आउँदा कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको बताउनुभएको हो ।

उहाँले कोरोना भाइरसको सङ्क्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा सङ्क्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मीयामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उहाँको भनाइ छ ।

त्यसैल मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन उहाँले सुझाव दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here