तत्काल ऋण नउठाउन झापाका बैंक तथा वित्तिय संस्थालाई विप्लव नेकपाको चेतावनी

0
2380

झापा ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले बैंक,सहकारी तथा लघुवित्तिय संस्थाहरुले महामारीको घडिमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको भन्दै तत्काल ऋणको किस्ता नउठाउन चेतावनी दिएको छ।

कोरोना भाइरसका कारण हालसम्म नेपालमा १५ जनाले ज्यान गुमाएको र त्योभन्दा बढि भोकमारी र गरिबीका कारण आत्महत्या गर्ने गरिब,मजदुर,सुकुम्बासी लगायतका बासिन्दाहरुको संख्या ११०० भन्दा बढि रहेको भन्दै मानविय संवेदनशीलतालाई ध्यान दिन र तत्काल किस्ता तिर्नको लागि कसैलाई पनि मानसिक दबाब नदिन भनिएको छ।

जिल्ला सेक्रेटरी श्रीजंगले एक विज्ञप्ति जारी गर्दै आम झापालि जनसमुदायलाई तत्काल किस्ता नतिर्न समेत आग्रह गरेका छन्।
सेक्रेटरी श्रीजंगद्वारा जारी विज्ञप्तिमा भनिएको छ,– हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी दलाल पुजीवादी संसदीय व्यवस्थाले जनताको बिचमा थुपारेको अन्यायपुर्ण ब्यवहारको विरुद्ध संघर्षरत रहँदै बैज्ञानिक समाजबादी राज्यसत्ता स्थापनाको निम्ति जस्तोसुकै चुनौतीको सामना गर्न तत्पर रहँदै एकीकृत जनक्रान्तिको महा अभियानमा छ।

कोरोना भाइरसले विश्व समुदायलाई आक्रान्त पारेको बेला त्यसको प्रभाव नेपालमा परेको छ।अहिले सम्म नेपालमा चार हजार भन्दा माथी कोरोना संक्रमित संख्या पुगिसकेको छ भने १५ जनाले ज्यान गुमाइ सकेका छन। देशमा बन्दाबन्दी अवस्था छ,लाखौं मजदुरहरु बेरोजगार बन्न पुगेका छन्, भने एकातिर भोकमारी र ऋणका कारण एघार सय भन्दामाथि मजदुर ,किसान , सुकुम्बासीहरुले आत्महत्या गरिसकेका छन्,।

यस्तो जर्जर परिस्थितिमा पनि मानवीय संबेदनसिलताको ख्याल नराखी झापा जिल्लामा अवस्थित साहारा नेपाल ,जीवन बिकास ,फरवार्ड लगायत एक दर्जन भन्दा बढि लघुवित्त तथा सहकारी संस्थाहरुले सर्वसाधारण जनता र व्यावसायिहरुलाइ ऋणको किस्ता भर्न मानसिक दबाब दिएको ब्यापक जनगुनासो प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। लघुवित्तहरुको यस्तो अमानवीय हर्कत तुरुन्तै बन्द गर्न र सम्पुर्ण जनसमुदायहरुमा कुनै पनि लघुवित्तहरुको तत्काल ऋण नतिर्न हाम्रो पार्टी अपिल गर्दछ ।

यदि जबर्जस्त रुपमा लघुवित्तहरुले हाम्रो पार्टीको उर्दि बिपरित कार्य गरे उत्पन्न परिस्थितिको परिणाम स्वयं सहकारी तथा लघुवित्त संस्था नै जिम्मेवार हुने यसै विज्ञप्तिमार्फत हाम्रो पार्टी सुचित गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here