पोखरीमा डुबेर ५ बर्षीया बालिकाको मृत्यु

0
1130

सुनसरी ।

सुनसरीको देवानगंज–७ रासीका जगरुप यादवको ५ बर्षीया छोरी लक्ष्मीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ ।

बिहीबार साझँ साढे ६ बजे घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले तत्काल उनको उद्धार गरेर उपचारार्थ लैजादै गर्दा बालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here