तुलसीप्रसाद निरौला / बिर्तामोड ।

हरेक सन्तान आफ्ना वुवाआमा जुन काममा रमाए भविष्य नै त्यही बाटोमा वनाउन हिँड्छन् भन्ने हुँदैन । यद्यपि वुवाआमा जुन काममा रमाए सोही वाटोमा हिँड्ने सन्तान भने नेपालमा धेरै छन् । कतिपय संघर्षरत् छन् भने कतिले त नाम, दाम र शान समेत कमाईसकेका छन् । तीनैमध्येका एक हुन् – झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरका डेनियल डेविड कटुवाल ।
उत्कृष्ट फुटबल खेलाडी बनेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सपना बोकेर फुटवल खेल क्षेत्रमा अघि बढेका उनी अहिले उत्कृष्ट फुटबल खेलाडी बन्ने सपना त्यागेर आफ्ना पिता अन्तर्राष्ट्रियस्तरका नेपालका चर्चित हेयरस्टाइलिस निलडेविड कटुवालको पदचाप पछ्याउँदै अघि वढीरहेका छन् ।
‘हुने विरुवाको चिल्लो पात भने झैं’ डेनियल आफ्ना पिता अन्तर्राष्ट्रियस्तरका नेपालका चर्चित हेयरस्टाइलिस निलडेविड कटुवालले कपालक्रान्ति गरेर व्राण्डको रुपमा पहिचान वनाएको निलडेविड्स व्राण्डको विजनेस हेड भएर निलडेविड्स व्राण्डलाई नयाँ उचाई प्रदान गर्न अघि वढीरहेका छन् ।
आफ्ना पिता हेयरस्टाइलिस निलडेविड कटुवालले सन् २००६मा काठमाडौको काठमाडौं मलमा निलडेविड हेयर एण्ड व्युटी सैलुन स्थापना गरी हाल नेपाल र भारतमा गरी ८० वटा भन्दा वढी निलडेविड्स इन्टरनेशनल युनीसेक्स सैलुन स्थापना गरी सयौं युवालाई रोजगारी दिनुका साथै हजारौंलाई सेवा दिइरहेकोले अव अझ नयाँ तरिकावाट व्राण्डको रुपमा पहिचान वनाएको निलडेविड्स व्राण्डलाई नयाँ उचाई प्रदान गर्न आफू यस क्षेत्रमा आएको डेनियल डेविड कटुवालले बताए ।
हेयको दृष्टिले हेरिने कपाल काट्ने पेसालाई अपनाएर नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन पिता निलडेविड सफल भएकोले आफू पनि पिता निलडेविडको पदचाप पछ्याउँदै व्यवसायलाई अघि वढाउँदै निलडेविड्स व्राण्डलाई विश्वभर पुर्याउन लागीपर्ने उनले वताए । निलडेविड्स व्राण्डलाई नयाँ उचाइमा लैजान डेनियलले सैलुनको म्यानेजमेन्ट सम्वन्धी अध्ययनलाई समेत अघि वढाएका छन् ।
भारतको पुनेवाट सैलुनको म्यानेजमेन्ट सम्वन्धी डिप्लोमा कोर्षको अध्ययन गरी फर्केका उनले युके लण्डनवाट समेत सैलुनको म्यानेजमेन्ट सम्वन्धी अनलाइन अध्ययन गरीरहेका छन् । उनले निलडेविड्स व्राण्डलाई विश्वभर पुर्याउन नेपाल , भारत , र विदेशका लागी सैलुनको फे्रञ्चाइज मोडल डिजाइन र स्टाफिङ म्यानेजमेन्ट प्लान समेत गरेको बताए ।
उनले कम रकम र सानो ठाउँमा १५ लाखदेखि १८ लाखसम्म खोल्न सकिने निलडेविड्स स्टाइलो इन्टरनेशनल युनीसेक्स सैलुन , २५ लाखदेखि ३२ लाखसम्म खोल्न सकिने निलडेविड्स इन्टरनेशनल युनीसेक्स सैलुन र २० लाखदेखि ३० लाखसम्म खोल्न सकिने निलडेविड्स सिक्नेचर इन्टरनेशनल युनीसेक्स सैलुनको मोडल डिजाइन गरेको बताए । उनले निलडेविड्स सिक्नेचर इन्टरनेशनल युनीसेक्स सैलुन काठमाडौको झम्सीखेलमा खोल्ने तयारी गरेको बताउँदै उनले सन् २०२१ मा भारतको शिलगढीमा समेत निलडेविड्स सिक्नेचर इन्टरनेशनल युनीसेक्स सैलुन खोल्ने तयारी गरेको जानकारी दिए ।
निलडेविड्स व्राण्डलाई विश्वभर पुर्याउन आगामी सन् २०२२ देखि अन्तर्राष्ट्रियस्तरमा निलडेविड्स इन्टरनेशनल युनीसेक्स सैलुन खोल्न लागेको बताउँदै उनले चीनमा फे्रञ्चाइजका लागी सम्झौता गरिएको बताए । त्यस्तै अष्ट्रेलियाको सिड्नीमा र यूएईमा फे्रञ्चाइजका लागी छलफल भइरहेको उनले बताए ।

आफ्ना पिता निलडेविड कटुवाल , माता सुष्मा कार्की कटुवाल तथा अभिभावक कृष्णबहादुर कटुवाल, तुलसा कटुवाल र बेलायती नागरिक डेबिड भाइनललाई प्रेरणाको श्रोत मान्ने डेनियलले अग्रजहरुले देखाएको बाटोलाई पहिल्याउँदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन लागीपरेको बताए ।
१८ वर्षकै उमेरमा आफुलाई विजनेसमा साथ दिन डेनियल अघि बढेकोमा पिता निलडेविड कटुवाल पनि मख्ख छन् । उत्कृष्ट फुटबल खेलाडी बन्ने सपना त्यागेर निलडेविड्स व्राण्डलाई नयाँ उचाइमा पुर्याउन छोराले साथ दिएकोमा आफू गौरवान्दित भएको निलडेविड बताउँछन् ।
उनी भन्छन् –डेनियलले गर्दा अव निलडेविड्स व्राण्डलाई नयाँ उचाइमा पुर्याउन सजिलो भएको छ । अव हामी वावु छोरा मिलेर निलडेविड्स व्राण्डलाई अन्तर्राष्ट्रियस्तरमा नेपाली व्राण्डको पहिचान दिलाउने छौं । हेयको दृष्टिले हेरिने कपाल काट्ने पेसालाई विश्वमा सम्मानित पेशा वनाउने छौं । डेनियलले फे्रञ्चाइज र म्यानेजमेन्ट विभाग हेर्छ ,म एकाडेमी र तालिम विभाग हेर्छु ।






























