दिपेन्द्र राउत,
सामाजिक सञ्जालमा धेरै दिनसम्म प्रधानमन्त्रीका नेगेटिभ कमेन्ट मात्र आउँदै थियो । नेपालमा पानीजहाज चलाउने व्यंग्यात्मक टिप्पणी होस् कि ! किड्नी ट्रान्सप्लान्ट गरेकोमा गिदी ट्रान्सप्लान्ट गरे हौ ! भन्नेसम्मका व्यंग्यात्मक टिप्पणी प्रधानमन्त्रीका विषयमा भइरहँदा सामाजिक सञ्जालमा भाइरल नै भएका थिए । यस देशका प्रधानमन्त्री लकडाउनको घोषणासँगै जनतालाई घरमा बस्ने निर्देशन बमोजिम सरकारको निर्णय हँुदा जनतालाई घरमा नै बसेर प्रधानमन्त्रीलाई व्यंग्यात्मक टिप्पणी लकडाउनको दिन बिताउने मेलो जनतालाई सामाजिक सञ्जाल राम्रो माध्यम बन्दै आएको थियो ।
लकडाउनलाई पूर्ण पालन गर्दै प्रधानमन्त्रीका गतिविधिलाई प्रत्यक्ष नियाल्दैै आएका जनतालाई टिप्पणी गर्न सजिलै भएको थियो । सरकारको लकडाउनको अवधिमा गरेका कार्य र गतिविधिले पनि जनतालाई सरकारको खिलाफमा कमेन्ट र टिप्पणी गर्न राम्रै खुराक भएको थियो ।
दुईतिहाइको सरकार । विपक्ष पनि आफ्नै किचलोमा रुमल्लिएको अवस्थामा सरकारको कामलाई जनताले नै नजर अन्दाज गरेका छन् । निरन्तर केपी ओलीलाई सामाजिक सञ्जालमा नराम्रा–नराम्रा स्टाट्सले सामाजिक सञ्जाल भरिएका हुन्थे । देशका प्रमुख व्यक्ति । शक्तिशाली प्रधानमन्त्री । जनताको अपेक्षाको प्रधानमन्त्री केपी ओलीको यस्तो हर्कतले जनताको अपेक्षाको विपरीत कार्य सम्पादनले जनताको मन रोएको थियो । जनताको विश्वमा आघात पुगेको थियो । जनताको भरोसा टुटेको थियो । जनतामा रिस आवेग हुनु स्वभाविक थियो । जनताले अत्यन्तै रुचाएका व्यक्ति । जनताको भरोषा र आशाका केन्द्र उनी नै थिए । देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइरहँदा जनताको जनतन्त्रका प्रिय राजा नबनून् ।
यस देशमा लामो समय राजतन्त्रमा रहेका जनता राजा त हटायौं भनेर भनिरहँदा फेरि व्यवहार राजाकै नहोस् । कार्यशैली राजाको जस्तो नबनोस् । लवाई–खुवाई जीवनशैली राजाको जस्तै नबनोस् । जनतामा शासन राजाकै शासन जस्तो नहोस् । हिजो राजाको छोरा राजा हुन्थे तर आज जनताका छोरा राजा नबनांै । गाउँ–गाउँमा सिंहदरवार भनेर भनिरहँदा त्यो सिंहदरवारमा शासन गर्ने राजा नबनाऔं । गाउँ–गाउँका सिंहदरवारलाई राजदरवार नबनाऔं । हिजो यस देशमा जन्मँदा नै राजा जन्मन्थे आज जन्मेर राजा नभए पनि कर्मले राजा बन्नेको संख्या अत्यधिक नहोस् । एक जना राजा रहने यस देशमा हरेक निर्वाचन क्षेत्रको आधारमा राजा नबनून् । जनताको जनमतलाई राज तिलक नसम्झौं । देशको शक्तिशाली व्यक्ति नसम्झौ । क्षेत्रको शक्तिशाली व्यक्ति नसम्झौ । जनताको जनमतलाई जनताको सेवक सम्झौ ।
हिजोको धरातल, राजनीतिक अवस्था र आफ्नो कतव्र्य नभूलौ । आफू राजा छोराछोरी राजकुमार र राजकुमारी नसम्झौ । २४० वर्षको राजाको शासनलाई जनताले फाले । २४० वर्षको इतिहास । जन्मँदा नै राजा जन्मने प्रथा । विश्वमा राजतन्त्रको भएको देशको पहिचान कसरी राजाले छाडे होला । जनताले नचाहेका हुन् कि राजनीति पार्टीले हटाएका हुन् यो राजनीति पार्टीले बुझन जरुरी छ । आज राजनीति पार्टीहरु पाँच वर्ष सरकारमा बस्दा कुर्सी छोड्न चाहँदैनन् । २४० वर्ष सम्मको इतिहास मेट्दिा राजालाई के भएको होला । हामी राजा बन्न रुचाएका छौं कि ! राजनेता बन्न चाहेका छाँै । हामी आफू राजा रहँदा सबै राम्रो । देश विकास हुने । जनता सन्तुष्टि बनिने । अन्तराष्ट्रिय सम्वन्ध राम्रो बनिने । आफूले मात्र राम्रो गर्ने ।
आफ्नो सरकार मात्र राम्रो । आफ्ना मन्त्री मात्र राम्रो । कर्मचारी सक्षम । यो मानसिकता सरकारमा बस्न पाउँदा बन्ने गर्दछ ।
देश के हो ? देश कसरी बन्छ ? देशको भुगोलको अवस्था कस्तो छ ? देशमा जनता के सोच्छन् ? राष्ट्रभक्ति के हो ? राष्ट्रशक्ति के हो ? राष्ट्रियता के हो ? एकता के हो ? यि विषयमा कुनै मतलव छैन । बस, आफूले पद पाउनुप¥यो । कुर्सी पाउनु प¥यो, मात्र त्यति जानेका छन् आजको नेताहरुले । व्यक्तिगत स्वार्थ भन्दामाथि देश हुन सक्दैन् । आफ्नो विकास भन्दामाथि देशको विकास हुन सक्दैन् । पद पावर र पैसा नै जीवनको मुल लक्ष्य बनाएका छन् । ऐन नियम कानून आफ्नो लागि बनाएका छन् । आफन्तको लागि बनाएका छन् । राष्ट्रपति आफ्नो । प्रधानमन्त्री आफ्नो । अख्तियार प्रमुख आफ्नो ।
योजना प्रमुख आफ्नो । प्रहरी प्रमुख आफ्नो । सवौच्च अदालत आफ्नो । राजदूत आफ्नो । कानून आफ्नो । व्यवसायी आफ्नो । सबै तह र तप्कामा प्रमुख आफ्नो मान्छे राखेको छ । अनि देश चलाएका छन् । जनतालाई योजना सुनाएका छन् । मलाई पैसा कमाउनु छैन भन्दै भ्रष्टाचारीलाई संरक्षण गरेका छन् । सार्वजनिक कार्यक्रममा भनेका छन्– भ्रष्टाचारीलाई हामीले कारबाही गरेका छौं । पहिला पहिला भ्रष्टाचारीलाई कारवाही हँुदैन थियो । भ्रष्टाचारी यसरी समातिँदैन थिए । भनेर भनिरहँदा हामी जनता मुकदर्शक भएका छौं सुन्दा उखान टुक्का रमाइलै लागेको छ । कयौ नाबालिक बालिकाहरु बलात्कार भएका छन् तर न्याय छैन । मेरो मृत्युको कारण फलानो भनेर भिडियोसहितको प्रमाण पाए पनि दोषी निर्दोश बन्छ । देशका मन्त्री जस्तो जिम्मेवार व्यक्ति भ्रष्टाचारको दोहोरो अडियो वार्तालाप सार्वजनिक हुन्छ तर पनि उनि रिहा हुन्छन् । पीडितले मेरो बलात्कार भयो भनेर उजुरी दिँदा अदालतले गलत प्रमाण भनेर बलात्कारीलाई छुट दिन्छ । छोराको न्याय माग्दा माग्दा बाबुआमाको मृत्यु हुन्छ तर न्याय पाउन सक्दैनन् । पूर्व प्रहरी प्रमुखसहितको टोलीले अपहरणको शैलीमा मानिस रातारात काठमाडौ पुग्छन् अपहरण हँुदैन मानहानी ठहरिन्छ । यस्ता घटना नेपालमा कति छन् कति ।
कानूनले एउटा भन्छ । न्यायालयले अर्को भन्छ । पावरभन्दा माथि कानून छैन । कानून लाग्ने अपराधी छैन । लाग्छ त कानून ति निमुखा जनतालाई । लाग्छ त कानून ति निर्दोष जनतालाई । जनता बिचरा फेसवुक टिप्पणी गर्छन् । आवेग पोग्छन् । त्यसमा पनि सजाय भोग्नुपर्छ । पक्राउ खानुपर्छ । देशको संविधानले एउटा भन्छ । यो लोकतन्त्रमा जनता सर्वोच्च हुन्छ । जनताको छोरा सर्वोच्च निकायमा पुग्छ । प्रधानमन्त्री बन्छ । राष्ट्रपति बन्छ । मन्त्री बन्छ । तर, जनताको हाल उही बन्छ । विश्वले यो देशको संविधानलाई हेरिरहेको छ । विश्वले देशको कानून र शासकको अवस्था हेरिरहेका छन् । विश्वका राष्ट्रप्रमुखहरु सामान्य जीवन निर्वाह गर्छन् । विश्वको शक्तिशाली प्रमुखहरु सामान्य जीवन जिउँछन् । सार्वजनिक यातायातमा हिँड्छन् । पदावधि सकिएपछि जागिरे जीवन जिउँछन् यि सवै सामाजिक सञ्जालमा भेटिन्छ ।
युक्रेनका नयाँ राष्ट्रपतिले भने– कार्यालयमा मेरो होइन आफ्ना बच्चाको तस्वीर राख्नु निर्णय गर्दा तिनका आँखामा हेर्नु । यि भनाइले पनि विश्वका प्रमुखहरुले आफ्नो राष्ट्रलाई कसरी सञ्चालन गरिरहेका छन् अनि जनताको लागि के कस्ता सोच अगाडि बढाएका छन् सजिलै थाह पाउन सकिन्छ । अनि हाम्रा राष्ट्र प्रमुखले कसरी जनताका विचमा गएका छन् हामी कल्पना गरौ । जनताले भन्नु नपरोस् जनताको छोरा राजा नबनांै । २४० वर्षको इतिहास क्षणभरमै हरायो । इतिहास मेटिन केही बेर नलाग्ने रहेछ त्यो इतिहासले नै बताउँछ । जनताको लोकतान्त्रिक गणतन्त्रको देश हाम्रो । १२औं वर्षमा यो हालत छ । २४० वर्षमा के होला कल्पना गरौं । बिचरा जनता !

























