पालिका अध्यक्षको निधनमा सेवा बन्द

0
405

नवलपरासी,

नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) जिल्लाका सात वटै स्थानीय तहमा आज एक दिनका लागि सेवा बन्द गरिएको छ ।

प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको निधनमा शोक मनाउन एक दिनका लागि जिल्ला समन्वय समितिले जिल्लाका सबै स्थानीय तहमा सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको परासीमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आइतबार परासीतर्फ जाँदै गर्नुभएका अध्यक्ष शर्माको बर्दघाटमा आफैँले चलाएको लु १ झ ३७० नं को सवारी साधन दुर्घटनामा परी निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here