विज्ञानलाई असफल गराउने संस्कृतको ज्ञान ओझेलमा

0
998

काठमाडौँ,

संस्कृत वाङ्मयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्को अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराउनुभएको छ ।

जयतु संस्कृतम् संस्थाले सोमबार जुम प्रविधिबाट आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जगमान गुरुङले ‘नेपालको सांस्कृतिक वैभव र समन्वयमा संस्कृत’ विषयमा विचार प्रस्तुत गर्दै नेपाल एवं भारतमा मन्त्र उच्चारण गरेर अग्नि निकाल्न सक्ने कोही अग्निहोत्री छन् त ? भनी प्रश्न गर्नुभयो ।

जगन्निवास त्रिपाठीले अन्न र वस्त्र त्यागी साधना गरेर अग्नि निकालेपछि ब्राह्मणको दर्जा प्राप्त गरेको प्रसङ्ग उहाँले सुनाउनुभयो । शास्त्रीय अभ्यास गर्न नसक्ने तर ठूलो जातको हुँ भनी भ्रम पालेर बस्न नहुनेमा पनि गुरुङले जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा माधवप्रसाद पोखरेलले ‘नेपालका भाषाहरूको संरक्षणमा संस्कृतको योगदान’ विषयमा विचार राख्दै नेपालमा भारतमा भन्दा महत्वपूर्ण तीर्थस्थल भए पनि खोज अनुसन्धान एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभयो ।

बाह्र ज्योतिर्लिङ्गलगायत सबै तीर्थ भारतमै छन् भनी भारतका तर्फबाट एकोहोरो प्रचार हुँदा नेपाल संस्कृत विश्वविद्यालयजस्ता संस्थाले यसको अध्ययन अनुसन्धान गराउन नसकेको उहाँको भनाइ थियो । राष्ट्रिय अभिलेखालयलगायत धेरै पुस्तकालयमा रहेका संस्कृतका हजारौँ पुस्तक कसैले पनि अध्ययन नगर्दा धुलो लागेर बसेकोतर्फ पोखरेलले सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो ।

अमेरिकाको स्यान्डियागो विश्वविद्यालयमा संस्कृत प्राध्यापन गराइरहनुभएका प्रा स्थानेश्वर तिमल्सिनाले ‘संस्कृतको अन्तर्राष्ट्रिय परिवेश’ विषयमा विचार प्रस्तुत गर्नुहुँदै अमेरिकालगायत पश्चिमी देशमा तन्त्र विषय पढ्न आठ हजारभन्दा धेरै विद्यार्थीले आफूसँग समय माग गरेको सुनाउनुभयो । वाल्मीकि विद्यापीठमा तन्त्र पढाउँदा दुई जना विद्यार्थी पाउन मुस्किल भएको प्रसङ्ग कार्यक्रममा जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here