चिनियाँ सेनासँगको झडपमा भारतका तीन सैनिक मारिए

0
1002

काठमाण्डाै,

भारत र चीनबीचकाे विवादित सीमा क्षेत्र लद्दाखमा भएको झडपमा तीन जना भारतीय सैैनिकको ज्यान गएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा एक जना कर्णेल र तीन जना सैनिक मारिएको भारतीय सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पूर्वी लद्दाख क्षेत्रको चार विवादित ठाउँमध्ये गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको भिडन्त भएको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सेनाले सैनिकको सङ्ख्या घटाएको जनाएका थिए ।

झडपको विषयलाई लिएर दुवै देशले आ–आफ्नै दाबी गरेका छन् । भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएको कारण झडप भएको चिनियाँ पक्षले जनाएको छ ।

भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको झडपमा सैनिक मारिएको बताएका छन् । यसअघि सन् १९७५ मा दुई देशका सेनाबीच अरुणाचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो ।

त्यसअघि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो । यसैबीच भारतीय रक्षा मन्त्री राजनाथ सिंहले तीन वटै सेना प्रमुखसँग आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिंहले जल, स्थल र वायुसेना प्रमुखहरुसँगको बैठक राखेका हुन् । बैठकमा विदेश मन्त्री एस जयशङ्कर पनि सहभागी भएका छन् ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here