मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी नै क्वारेन्टिनमा

0
1097

बिर्तामोड।

मेची प्रादेशिक अस्पताल भद्रपुरका २५ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ ।

अस्पतामा उपचाररत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि दुई जना फिजिसियन डाक्टरसहित तीन जना मेडिकल अधिकृत, आइसीयुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्स – रे का कर्मचारीसहित २५ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ भने अस्पतालको सघन उपचारकक्ष शील गरिएको छ ।

मेची क्याम्पसको क्वारेन्टिइनमा बस्दै आएका भद्रपुर नगरपालिका – ८ निवासी ३९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

गत जेठ २९ गते भारतबाट नेपाल आएका उनलाई मेची बहुमुखी क्याम्पस भद्रपुरको क्वारेन्टिइनमा राखिएको थियो । तर, जेठ ३१ गते छातीमा समस्या अएपछि उनलाई प्रादेशिक अस्पताल भर्ना गर्दै ईमरजेन्सी कक्षबाट सघन उपचारकक्षमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डा पिताम्वर ठाकुरले जानकारी दिनुभयो ।

अस्पतालमा राखिएका उनलाई कोरोना संक्रमण पुष्टिसंगै थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना उपचार केन्द्र पठाइएको छ । योसँगै भद्रपुर नगरपालिामा कोराना संक्रमितको संख्या चार पुगेको छ ।

जिल्लामा हालसम्म कचनकवलमा १२७ , बाह्रदशीमा ७ , बुद्धशान्तिमा पाँच ,कनकाई र भद्रपुरमा तीन÷ तीन जना, अर्जुनधारा, हल्दिबारी र मेचीनगरमा दुई÷ दुई जना, गौरादह नगरपालिकामा चार जना, दमक, शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकामा एक÷ एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here