मेची प्रादेशिक अस्पतालाई २३ करोड दिने प्रदेश सरकारको घोषण

0
735

बिर्तामोड।

झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पताललाई स्तरोन्नति गरिने भएको छ । जसका लागि १ नम्वर प्रदेश सरकारले २३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

प्रदेश नम्वर १ का अर्थमन्त्री इन्द्रवहादुर आङ्बोले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अस्पतालमा उपकरण, जनशक्ति र पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने घोषणा गर्नुभयो ।

मेची अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरेसंघै भद्रपुरस्थित प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार्न सीटी स्क्यान, हेमोडायलसिस सेवा र थप भेन्टिलेटरको ब्यवस्थापनका लागि रु २३ करोड रुपैयाँ बजेट बिनियोजन भएको हो ।

यो संगै जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले बजेट भाषण मार्फत नै अस्पतालाई सम्बोधन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here