लैङ्गिकमैत्री वजेट निर्माणको आह्वान,जिससले समन्वय गर्ने

0
1051

तुलसीप्रसाद निरौला
बिर्तामोड,  स्थानीय सरकारले निर्माण गर्ने नीति, कार्यक्रम र वजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरण र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गराइएको छ ।
उक्त कार्यका लागि आवश्यक समन्वय र सहयोग पुर्याउन झापाका राजनीतिक दलका महिला नेतृहरुले जिल्ला समन्वय समिति झापाको ध्यानाकर्षण गराएका हुन् ।

वुधवार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र उपप्रमुख मीना पराजुलीलाई संवाद समूह झापाको महिला टिम संवाद महिला समूहले अनुरोध पत्र वुझाउँदै उक्त विषयमा ध्यानाकर्षण गराएको छ ।
अनुरोध पत्रमा झापाका सवै पालिकाले वनाउने नीति, कार्यक्रम र वजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राख्दै सोको कार्यान्वयनका लागि जिल्ला समन्वय समिति झापालाई समन्वय र सहयोग गर्न भनिएको छ ।

त्यस्तै संविधानले निर्दिष्ट गरेका विषयमा सामाजिक न्यायको अनुभूति गराउन लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

अनुरोध पत्र हस्तान्तरण पछिको छलफलमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले लैङ्गिकमैत्री वजेट निर्माण गर्न झापाका गाउँपालिका र नगरपालिकालाई पहल गर्ने वताए । उनले वजेट जसका लागि छुट्याउने हो, त्यससंग सम्वन्धित सूचक तयारी गरेर वजेट वनाउनु पर्नेमा जोड दिए । उनले झापामा वेवारिसे रुपमा रहेका शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा वालवालिकाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी त्यस्ता महिला तथा वालवालिकाहरुका लागि झापामा सुरक्षित घर (safe house ) यहि आर्थिक वर्षवाट शुरु गर्ने वताए ।

त्यस्तै उपप्रमुख मीना पराजुलीले लैङ्गिकमैत्री वजेट निर्माण गर्न गाउँपालिका र नगरपालिकालाई खवरदारी गर्ने वताइन् । उनले जुन शिर्षकमा वजेट छुट्टिएको हो त्यहि शिर्षकमा वजेट कार्यान्वयन भए नभएको अनुगमन गर्ने वताइन् । शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा वालवालिकाहरुका लागि झापामा सुरक्षित घर (safe house ) निर्माण गर्न प्रदेश सरकारले वजेट छुट्याएको वताइन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेल र उपप्रमुख पराजुलीले संवाद समूह झापाको महिला टिमले वुझाएको अनुरोध पत्र झापाका गाउँपालिका र नगरपालिकालाई तत्काल पठाइने प्रतिवद्धता जनाए ।
वुधवार भएको छलफलले तीन वुँदे निष्कर्ष निकालेको छ ।
१) स्थानीय सरकारहरुले जारी गर्ने र गरेका नीति तथा कार्यक्रमहरुलाई लैङ्गिक तथा सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राखी सफल कार्यान्वयन गराउन जिल्ला समन्वय समिति समेतले समन्वय र पहल गर्ने ।
२) लक्षित वर्गको वजेट कार्यान्वयनका लागि जिल्ला समन्वय समिति , स्थानीय सरकार ,संवाद समूहको समन्वयमा थप कार्यक्रम गर्ने ।
३) झापामा वेवारिसे रुपमा रहेका शारीरिक तथा मानसिक रुपले समस्यामा रहेका महिला तथा वालवालिकाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखी त्यस्ता महिला तथा वालवालिकाहरुका लागि झापामा सुरक्षित घर (कबाभ जयगकभ ) यहि आर्थिक वर्षवाट शुरु गर्ने, त्यसका लागि वजेट विनियोजन गर्ने प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्य पूरा गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
कार्यक्रममा संवाद महिला समूहकी सदस्य तथा राप्रपाकी शारदा रिजालले जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेललाई र संवाद महिला समूहकी सदस्य तथा समाजवादी पार्टीकी संगिता रौनियारले जिल्ला समन्वय समिति झापाकी उपप्रमुख पराजुलीलाई अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।
संवाद महिला समूहकी सदस्य तथा नेपाली कांग्रेसकी पार्वता खरेल विमलीले अनुरोध पत्र वाचन गरेको कार्यक्रमको औचित्यमाथी नेकपाकी नेतृ लक्ष्मी न्यौपाने सरुले प्रकाश पारेकी थिइन् । संवाद महिला समूहकी सदस्य तथा नेपाली कांग्रेसकी उर्मिला पोखरेलले समापन गरेको कार्यक्रमको सञ्चालन संवाद महिला समूहकी सदस्य तथा महिला अधिकारकर्मी कविता शर्माले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here