जंगली च्याउ खाएर तीन जना बिरामी

0
722

झापा।

झापाको कन्काई नगरपालिका–८ मा जंगली च्याउ खाएर एकै घरका तीन जना बिरामी भएका छन् ।

बुधवार बिहानको खानासंगै जंगली च्याउ पकाएर खाएका ४० बर्षीया बेनुका लम्साल, उनका छोरा २१ बर्षीय बिपिन लम्साल र १९ बर्षीय सौरब लम्साल बिरामी भएका हुन् ।

बिरामी भएका तीनै जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here