होटल क्वारेण्टिनमै आमाको काजक्रियामा जुटे थापा परिवार

0
906

अर्जुनधारा आमा वितेपनि मेचीनगरमा काजक्रिया

लक्ष्मी उप्रेती /काँकरभिट्टा,

झापाको मेचीनगर —६ स्थित काँकरभिट्टाको होटल रजतमा तीनजनाले आफ्नी आमाको काजक्रिया गरिरहेका छन् ।

झापा अर्जुनधारा ५ लक्ष्मीपुरका नरेन्द्र थापा, नरबहादुर र बुहारी तारादेवीले आमाको काजक्रिया गरिहेका हुन् ।
गएको जेठ २९ गते अर्जुनधारा–५ लक्ष्मीपुरमा उनीहरुकी आमाको निधन भएको थियो । केही महिनाअघिमात्र उनीहरुका बाबुको पनि निधन भएको थियो ।

पश्चिम भारतको दामनमा रहेका उनीहरु आमाको मृत्युको खवर सुनेर आएपनि घर पुग्न नपाएका कारण मेचीनगर–६ काँकरभिट्टाको होटलको क्वारेण्टिनमा आमाको किरिया बारेर बसेको छोरा नरेन्द्रले बताउनुभयो ।

सिक्किममा रहेको कान्छा भाइ आमा बितेकै रात घर पुगेका थिए । स्थानीय जनप्रतिनिधिको चर्को विरोधका बावजुद भाईले घरमै आमाको किरिया गरिरहेको दाजु नरेन्द्रले बताउनुभयो । मेचीनगरका जनप्रतिनिधिहरूको सल्लाहमा रजत होटलमा क्वारेन्टाइन बनाएर बसी त्यही होटलको एउटा कोठामा आमाको काजकिरिया गरिरहेको उनीहरुको भनाई छ ।

स्थानीय एक पुरोहित होटलमै धार्मिक विधि अनुसार नुहाइधुवाइ गराएपछि उनीहरु आफैंले खाना पकाएर खाने गरेका छन् । घरमा भाइले पिण्डदान तथा होटल क्वारेण्टिनमा रहेकाले अन्य विधि गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here