संविधान संशोधनको खुशीमा दीप प्रज्वलन

0
777

विराटनगर,

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालका संविधान दोस्रो संशोधन बिहीबार प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोस्रो) संशोधन विधेयक –२०७७ प्रमाणीकरण भएको हो ।

नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङ्कित निशान छाप गत शनिबार प्रतिनिधि सभाबाट दुई तिहाइ बहुमत र राष्ट्रियसभाबाट सर्वसहमतिमा पास भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here