नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

0
1387

काठमाडौं,

लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गरि नेपालकाे नक्सा राजपत्रमा प्रकाशित भएको छ बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गर्ने संविधान संशोधन विधेयक प्रमाणीकरण गरेसँगै राजपत्रमा प्रकाशित गरिएको हो।

यो सँगै संविधान संशोधन प्रक्रियाले पूर्णता पाएको छ र लिम्पियाधुरा लगायतका नेपाली भूभाग नेपालको निशाना छापमा समावेश भएकाे छ।

विधेयक बिहीबार नै राष्ट्रिय सभामा सर्वसम्मतिले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तत्कालै प्रमाणित गरी राष्ट्रपति कार्यालय पठाएका थिए। राष्ट्रपति भण्डारीले बिहीबार नै विधेयक प्रमाणीकरण गरेकी थिइन्।

भण्डारीले प्रमाणीकरण गरेसँगै लामो समयदेखि नेपालको नक्सामा नसमेटिएको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूमाग संविधानमै समेटिन पुगेको छ। नेपालले २०३२ सालपछि औपचारिक नक्सामा रहेको लिम्पियाधुरासम्मको भूभाग छुटाएको थियो।

नक्सालाई संविधानको अनुसूची–३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा संविधान संशोधन विधेयक पेश गरेको थियो।

त्यसअघि जेठ ७ गते सरकारले भारतले अतिक्रमणमा गरेको भूभाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here