अब राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न नपाइने

0
675

काठमाडौं,

बन्दाबन्दीको समयमा नागरिकको सुरक्षालाई लक्षित गरी सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ।

कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था जारी गरेको हो।

आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ। अनावश्यक काममा बाहिर आवतजावत नगर्न गृहमन्त्रालयले आग्रह गरेको छ।

‘विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने छ। वृद्ध मानिस, अशक्त तथा सुत्केरी, महिला र १० वर्ष तलका बालबालिकालाई बाहिर ननिस्कन प्रोत्साहन गर्नुस्’, विज्ञप्तिमा भनिएको छ,

‘मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै ओसारपसार गर्नुपर्नेछ। भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्ने छ।’​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here