झापामा दुई वर्षीया बालिकालाई पनि कोरोना, संक्रमित संख्या १८९

0
1193

भद्रपुर,

झापामा आइतबार एक बालिकासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

अर्जुनधारा नगरपालिकामा तीन, मेचीनगर नगरपालिकामा दुई र कनकाई नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १८९ पुगेको छ।

अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुई बर्षीया बालिका, २२ वर्षीय उनका आमा र अर्को एक २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनीहरू भारतको विहारबाट जेठ २७ गते काँकडभिट्टाबाट स्वदेश फर्किएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ।

क्वारेनटाइनमा बसेका तीन जनाबाहेक अन्य २४ २४ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ। त्यस्तै, मेचीनगरमा कोरोना संक्रमण पुष्टि भएका दुवै जना पुरुष हुन्। मेचीनगर वडा नम्बर-६ बस्ने ३३ वर्षीय र वडा नम्बर-५ बस्ने ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

दुवैजना भारतबाट जेठ ३० गते काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका हुन्। उनीहरूलाई बाल कल्याण माविको क्वारेन्टाइनबाट स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाइएको थियो। त्यसैगरी, कनकाई नगरपालिका-७ बस्ने ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

कतारबाट आएका उनलाई कनकाईको दलित भवनको क्वारेनटाइनमा राखिएको थियो। यता, कोरोना सङ्क्रमितहरूलाई कोरोना अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ। जिल्लामा हालसम्म कचनकवलमा १२८, गौरीगञ्जमा १७ जना, बाह्रदशीमा ७ जना, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर र भद्रपुरमा पाँचरपाँच जना, कनकाई, गौरदाह र हल्दिबारीमा चार / चार जना, दमकमा दुईजना, कमल, शिवसताक्षी र झापा गाउँपालिकामा एकर एकजना कोरोना पुष्टि भइसकेको छ। जिल्लामा १२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here