गजल

0
1518

 

 

हिमा भुसाल प्रकृति

आँखा मनमा होइन, मान्छेको धनमा राखेर
आखिर के पायौ?जवानी विज्ञापनमा राखेर ।

आफ्नै पत्नीको निर्मम हत्या गरेपछि पतिले
रोएको अभिनय गर्दैछ! शव आगनमा राखेर ।

राम्रै भो सही समयमा आफ्नो औकात देखायौ
नत्र सधैँ हिड्थेँ तिम्लाइ यो धड्कनमा राखेर ।

छोरा! भाकेर फर्किने भा सिंन्दुर खोसेको मान्छे
म सधैँ भाक्थे यो सेतो जिवन अनसनमा राखेर ।

थोरै थोरै चुडिसके अब सक्छन् सिङ्गो देश यो
दुरुपयोग भो पदको भ्रष्ट नेता सदनमा राखेर ।

दाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here