बिर्तामोडमा पनि कोरोना संक्रमित फेला,झापामा संक्रमितको संख्या २०५ पुग्यो

0
769

बिर्तामोड ।

झापाको बिर्तामोडमा कोरोनाको संक्रमण देखिएसंगै जिल्लाका १५ वटै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । मंगलबार बिर्तामोड नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएपछि जिल्लाका सबै पालिकामा संक्रमण देखा परेको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मंगलबार जिल्लाका चार वटा पालिकामा गरी १३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ८ जना महिला छन् ।

मंगलबार थपिएका संक्रमितमा सबै भन्दा बढी बुद्धशान्ति गाउँपालिकाका रहेका छन् । बुद्धशान्तिमा तीन जना महिला र तीन जना पुरुष छन् । बिर्तामोड नगरपालिकाका दुई जना पुरुषमा संक्रमण देखिएको छ ।

उता मेचीनगर नगरपालिकामा तीन जना महिला संक्रमित देखिएका छन् । त्यस्तै हल्दिबारी गाउँपालिकामा पनि थप दुई जना महिलामा संक्रमण देखिएको छ ।

संक्रमित पुरुषलाई मोरङको गोठगाउँ र महिलालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जनाकारी दिएका छन् । जिल्लामा पहिलो पटक गत वैशाख १२ गते दमक नगरपालिकाका ६२ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here