मेचीनगरमा पहिलो पटक माहिला संक्रमित

0
495

काँकरभिट्टा,

झापाको मेचीनगरमा पहिलो पटक तीनजना महिलामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । समाचार स्रोतका अनुसार ती महिला सवै भारतलगायत अन्य मुलुकबाट आएका हुन् ।

नगरपालिकाले पहिलो पटकक सञ्चालनमा ल्याएको मेचीनगर वडा नं १० को अतिथि सदन भवन महलिा क्वारेन्टिनमा बसेका ३३ वर्षीया ३६ वर्षीया र ४० बर्षीया महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये २ जना कुवेत र एकजना भारतको आसामबाट आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो ।

यो सँगै मेचीनगरमा कोभिड १९ का संक्रमितको संख्या ८ पुगेको छ । यसअघिका पाचजना सवै पुरुष हुन् । यसैगरी झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टिनमा रहेका ६ हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाको क्वारेन्टिनमा रहका २÷२ जना गरी कुल १३ जना नयाँ संक्रमित मंगलबार झापामा पुष्टि भएका छन् । मंगलबार थप भएका १३ सहित झापामा कोभिड १९ का संक्रमितको संख्या २ सय ५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here