एमसीसी खारेजको माग गदैं पूर्वीनाकामा प्रदर्शन

0
1100

काँकरभिट्टा,

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गदैं मंगलबार पूर्वीनाकामा प्रदर्शन भएको छ ।

राष्ट्रवादी युवा समाज झापाले काँकरभिट्टामा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजको मागसहित आउ राजा देश बचाऔं भन्दैं राजतन्त्रका पक्षमा नारा लेखिएका प्लेकार्ड बोकेर मौन र्याली गरेको थियो ।

विभिन्न राष्ट्रवादी संगठनमा रहेका शक्तिलाई एकीकृत गर्दै एउटै यूवा समाजमा संगठिी गरेर निरन्तर रुपमा खबरदारी गर्नै उद्घेश्यले मेची महाकालीसम्म सचेतनासहितको दबाबमुलक विरोध कार्यक्रम तय गरिएको समाजले जनाएको छ ।

समाजका झापा संयोजक रामजी काश्यप ढुंगानाको प्रमुख आतिथ्यता काँकरभिट्टा बसपार्कमा कार्यक्रममा एमसीसी खारेज गर, एमसीसी चाहिँदैन, राष्ट्र बेच्न पाईदैन, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ, राजा ल्याऔँ देश बचाऔँ लेखिएका प्लेकार्ड सहभागीले बोकेका थिए । उनीहरुले करीव २ घण्टा विभिन्न विरोध कार्यक्रम गरेका थिए ।

समाजका जिल्ला सदस्य योगेन्द्र खनाल,गिरीराजमणि पौडेल ,टेकनाथ खनाल , लिप्सन बाँस्तोला, बद्री महत, लक्ष्मणकुमार लिम्बु , राजन प्रसाईं, विजय थापा, उमेश पाठक, नवराज ढकाल,सहभागि थिए । भुपाल तामाङको सभापतित्वमा भएको कोण सभाको सञ्चालन समाजका जिल्ला सदस्य नेत्र कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here