प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

0
523

सुनसरी।

सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका छन ।

भाण्टाबारीमा हिँडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन –४१एम्पोल, डाईजेल्याव–३९ एम्पोल, लुपिजेसिक–४०एम्पोल, नाईट्रोशन–१०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन–१४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ परेका यादवको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here