हल्दिवारी गाउँपालिकाको विवाद :उपाध्यक्षले कानून हातमा लिएको अध्यक्षको आरोप

0
965

बिर्तामोड।

झापाको हल्दिवारी गाउँपालिकामा बजेटका विषयलाई लिएर सृजित विवादको विषयमा गाउँपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष रबीन्द्र लिङ्देनले विहीवार गाउँपालिकामा पत्रकार सममेलनको आयोजना गर्र्दै घटनाको विषयमा जाकनारी गराएका थिए । उनले गाउँसभामा भएको आक्रमणको जिम्मेवारी उपाध्यक्ष डम्बरबहादुर गिरीले लिनुपर्ने बताएका छन् । बजेट बाँडफाँड तथा चारकोसे जङगलको बाटाको नामाकरण गर्ने क्रममा गिरीले बहुमतको बल देखाएर विपक्षीको आवाज दवाउन खोज्दा कार्यालय तोडफोड भएको भन्दै त्यसको जिम्मेवारी गिरीले लिनुपर्ने पत्रकार सम्मेलनमा बताए ।

वुधवार गाउँपालिकामा आयोजित बजेट बाँडफाँड तथा चारकोसे जङगलको बाटाको नामाकरण गर्ने विषयमा विवाद हुँदा तोडफोड भएको थियो अध्यक्षमाथि हातपात भएको थियो ।

पत्रकार सममmेनमा गिरीको नेतृत्वमा वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा, ४ का वडा सदस्य महेशलाल मेचे, कार्यपालिका सदस्य सागर पार्तेलले गाउँसभा चलिरहेका बेला नीति तथा कार्यक्रम पास गर्नैपर्ने भन्दै आफू लगायत वडा नं. ४ का अध्यक्ष होमप्रसाद चुँडाल र ५ का अध्यक्ष शेरबहादुर नेम्वाङ समेतलाई हातपात गरी अभद्र व्यवहार गरेको भन्दै नेकपाको बहुमतको आड लिएर कानून हातमा लिने काम भएको अध्यक्ष लिङ्देनको आरोप थियो ।

चलिरहेको गाउँसभामा केही सदस्यहरुले नीति तथा कार्यक्रम अध्ययन गर्न समय मागेकोले असार २९ गते बजेट प्रस्तुत गर्ने मौखिक सहमतिविपरित उपाध्यक्ष गिरीले आफ्नै अध्यक्षतामा बजेट पास गरेको निर्णय प्रमाणीकरण गरिएको भन्ने कार्य कानूनविपरित भएको बताए ।

उनले गाउँसभा संचालन नियमावली २०७५ अनुसार अध्यक्ष हुँदाहुँदै आक्रमण गरेर सभास्थलबाट भगाई बजेट पास गराउने काम कानूनी राज्यमाथिको चुनौती भएको समेत प्रष्ट पारेका छन् ।

वडा नं. ४ का अध्यक्ष होमप्रसाद चुँडालले नेकपाका सदस्यहरुले बहुमतको बल देखाएर विभेद गर्दै ४ र ५ नं. वडालाई कम बजेट दिने, जलथलको चारकोसे जङगलको मौलिक पहिचान गुम्ने गरी सडकको नामाकरण गर्ने जस्ता कार्यहरुले हल्दिवारी गाउँपालिकामा द्वन्द्व सिर्जना भएको भन्दै उपाध्यक्षबाट भएको कमजोरी नसच्चिएसम्म गाउँपालिकाले जनपक्षीय काम गर्न नसक्ने बताए । उनले नेकपाबाहेकले जितेका वडामा बजेट घटाउने कामले हल्दिबारीका स्थानीयमा विभेद सिर्जना गर्ने काम भएकोले त्यस्तो कार्य नरोकिए जनविद्रोह बढ्ने समेत चेतावनी दिए ।

यसैबीच हल्दिबारी गाउँपालिका तोडफोड सम्बन्धमा नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँ समितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेकपाको बहुमतको आडले लोकतान्त्रिक विचारमाथि दमन गर्दै गाउँपालिकाका बासिन्दालाई विभेद गरेको भन्दै आपत्ति जनाएका छन् ।

कांगे्रस सभापति दिलिप मावो र राप्रपा अध्यक्ष एकराज राना मगरले संयुक्तरुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–उपाध्यक्ष डम्बरबहादुर गिरीको नेतृत्वमा गाउँसभाभित्र गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, ४ नंं. वडाध्यक्ष होमप्रसाद चुँडाल र ५ नं. वडाध्यक्ष शेरबहादुर नेम्वाङलाई घेराबन्दीमा पारी आक्रमण गर्ने कार्य निन्दनीय छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here