केशव आचार्य
तिम्रो मुटुको माझमा पस्न देउ मलाई
अनि परेली छायामा बस्न देउ मलाई।
तिमी भित्रै हराउन,बिलाउन चाहान्छु म,
तिम्रो कलेजी कुनामा फस्न देउ मलाई।
म फूल हू कि काडा हू,बुझ्ने मन छ भने,
पैतलामा एकचोटि, धस्न देउ मलाई।
हुदैन- भन्छ्यौ भने ,एउटा बिन्ती छ मेरो,
तिम्रै अगाडि खरानी, घस्न देउ मलाई।
मौन स्वीकृति छ भने,अर्को बिन्ती छ मेरो,
सबै सामुन्ने अङ्गालो कस्न देउ मलाई।
वा वा वा …
राम्रो छ।