बिर्तामोड शिल हुने गलत हल्ला–मेयर शिवाकोटी

0
1620

बिर्तामोड ।

झापाका १५ वटै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण देखिएसंगै बिर्तामोड नगरपालिका शिल हुने गलत हल्लाका कारण सर्वसाधारणमा अन्यौल सिर्जना भएको छ ।

सबै स्थानीय तहले सर्तकता अप्नाउन शुरु गरेको तथा बिर्तामोडमा समेत सर्तकता अप्नाउदैं ब्यपार ब्यासाय सञ्चालन गर्न आग्रह गरिएको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बताए । उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भनेका छन्–बिर्तामोडमा लकडाउनबारे थप कुनै नयाँ निर्णय गरेको छैन । कुनै हल्ला र भ्रमको पछाडि नलागौं ।

केही सञ्चारमाध्यमले बिहीबार राती १२ बजेबाट बिर्तामोड शिल हुने भ्रामक समाचार प्रकाशन गरेसंगै सर्वसाधारण, ब्यवसायीमा अन्यौलता छाएको थियो । अन्यौल बढेसंगै नगरप्रमुख शिवाकोटीले गलत हल्लाको पछि नलाग्न सबैसंग आग्रह गरेका हुन् ।

त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले ब्यवसायीहरुलाई भौतिक दुरी कायम राखेर ब्यपार ब्यपसाय सञ्चालन गर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भट्टराईले नगरपालिकाले कुनै निर्णय नगरेकाले गलत हल्लाको पछि नलाग्न सबैसंग अनुरोध गरेका छन् ।

उता इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मुकुन्द रिजालले झापामा संक्रमण बढ्दै गएकाले आवश्यक सावधानी अप्नाउन सबैसंग अनुरोध गरेका छन् । डीएसपी रिजालले भौतिक दुरी कायम गर्दै ब्यपार ब्यवसाय सञ्चालन गर्न तथा बढी भीडभाड नगर्न सबैलाई आग्रह गरेका छन् । अत्ति आवश्यक काम बाहेक हिड्डुल नगर्न उनले सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here