मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको छ ।
बिहिवार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।