गजल

0
765

लक्ष्मी काफ्ले

बुढी घरमा हुदाॅहुदै अन्तै नजर लाउॅछौं किन
घरमा सधैं अभावै छ भट्टितिर धाउछौ किन ?

सानो सानो रकमले बालबच्चाको भोक टर्छ
आफ्नो श्रम फिजारेर हिनाबिना पार्छौ किन ?

सन्तानको भबिस्य त तिम्रै काधमा भर पर्छ
समयलाई बर्बाद पारी यताउता चार्छौ किन ?

फसाउनेको जमातमा मौरीले झै चुस्न खोज्छन्
बिचल्लीमा परिवार पारी अरुको भोक टार्छौ किन ?

सुखदुःखको सगिनी त तिम्रो आफ्नै श्रीमती हुन्
उनको मन दुखायर अरुको गुड्गान गाउँछौँ किन ?

पोखरा,लामाचौंर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here