ट्रक व्यवसायीद्धारा प्रधानमन्त्रीलाई ज्ञापन

0
1342

बिर्तामोड ।

पूर्व नेपाल मेची ट्रक व्यवसायी संघले ट्रक व्यवसायीका समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

पूर्व नेपाल मेची ट्रक व्यवसायी संघ प्रधान कार्यालय बिर्तामोड झापाका अध्यक्ष पे्रमकुमार वोहोरा , वरिष्ठ उपाध्यक्ष महेन्द्र लामा, महासचिव देवेन्द्र केसी , ट्रक व्यवसायी कमलप्रसाद पौड्याल लगायतको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

ढुवानी सेवालाई मुल्य अभिवृद्वि कर सीमाभित्र नराखी मुल्य अभिवृद्वि कर ऐन २०५२ को दफा ५ को उपदफा तीनसंग सम्बन्धित अनुसूची एक खण्ड नौमा राख्नुपर्ने , लकडाउन अवधीको सबै प्रकारका सवारी साधन कर, जाँंचपास, बाटो ईजाजत पत्रहरुमा कर छुटगरी नविकरण हुन नसकेका गाडीको जरिवाना र विलम्ब शुल्क नलिन ज्ञापन पत्रमार्फत पूर्व नेपाल मेची ट्रक व्यवसायी संघले सरकारसंग माग गरेको छ ।

लकडाउनका कारण गाडीहरु नचलेकाले बैंकको व्याज मिनाह गर्नुपर्ने, व्याजमा लाग्ने हर्जना र किस्ताको भाका सानुपर्ने, जोखिम मोलेर सवारीसाधन चलाउने चालक तथा मजदुरहरुलाई स्वास्थ्य परिक्षण गरी स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपर्ने लगायतका माग े ज्ञापन पत्रमा उल्लेख छ ।

त्यस्तै सडक इजाजतपत्र विना झञ्झट सवारी दर्ताको आधारमा दिने व्यवस्था हुनुपर्ने, अहिलेसम्म अञ्चलको संरचनामा सञ्चालित सबै प्रकारका सवारी साधनहरुलाई प्रचलित कानुन अनुसार प्रदेशीकरण गरी निःशुल्क र सरल व्यवस्था गर्नुपर्ने , प्रत्येक वर्ष साउन १ गतेपछि नविकरण गर्दा दुई वर्षको कर तिर्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने ज्ञापन पत्रमार्फत पूर्व नेपाल मेची ट्रक व्यवसायी संघले सरकारसंग माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पूर्व नेपाल मेची ट्रक व्यवसायी संघले बुझाएको आठ वुँद्धे मागसहितको ज्ञापन पत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने आश्वासन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here