अर्जुनधारामा प्रेस क्लबको महामारी रोग सम्बन्धी सचेतनामूलक तालिम

0
722

अर्जुनधारा ।

अर्जुनधारा प्रेस क्लबको आयोजना र प्रदेश नं. १ प्रदेश निर्वाचन विकास कार्यक्रमको आर्थिक सहयोगमा एक दिवसीय महामारी रोग सम्बन्धी सचेतनामूलक तालिम शनिबार सम्पन्न भएको छ ।

क्लबमा आबद्ध पत्रकारहरुलाई महामारी रोग सम्बन्धी सचेतनासँगै त्यसको असर र जनसमुदायमा पर्न गएको भ्रमलाई निराकरण गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको क्लबका उपाध्यक्ष रमेश समदर्शीले बताए ।

कार्यक्रममा सहजकर्ता नगर स्वास्थ्य शाखा संयोजक मुकुन्द बस्नेतले महामारी रोगको विषयसँगै हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोभिड–१९को विषयमा नगरको अवस्था बारे सहजिकरण गरेका थिए । त्यसैगरी अर्का सहजकर्ता नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले आमसञ्चार र सामाजिक सञ्जालबिचको परिणाम र असरका विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलगायतले बोलेका थिए । क्लबका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता र प्रदेश नं.१का सांसद वृख प्रधानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन सहसचिव पूष्पा जवेगूले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here