बर्ने चिया बगानमा महिलाको शव फेला

0
1192

झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका स्थित बर्ने चिया बगानमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बुद्धशान्ति ४ स्थित बर्ने छेउको राजमार्गबाट करिब तीन मिटर पूर्व चिया बगानको बीचमा महिलाको वेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

सोही ठाँउका बालबापलकाले शव देखेपछि अभिभावकलाई खबर गरेको र लगत्तै प्रहरीलाई खबर गरिएको स्थानीयले बताएका छन् ।

शवको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । महिलको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here