नोकर होइन मालिक बन्ने सोच राखौं

0
2604

रामचन्द्र उप्रेती,

धेरै नेपाली युवा काम र जागिरको खोजिमा भौतारिएको र विदेशसम्म पुग्ने गरेको अवस्था छ । हाम्रो समाजमा जागिर खानेको उच्च सम्मान छ । जागिर खानेले धेरै जोखिम लिनु पर्दैन । काम दिनेले अह्राएको र देखाएको गरे पुग्छ । त्यसमा पनि सरकारी काम र अन्य क्षेत्र (सहकारी, निजि, अन्य)को जागिरमा फरक देखिने गरेको छ । सरकारी जागिर सम्मान धेरै र जिम्वेवारी कम हुने जस्तो देखियो । काम गरे पनि भयो पन्छाउदा पनि भयो । सरकारी कर्मचारीले विवेक प्रयोग गरेर राम्रो काम गरे, जिम्वेवारी सम्झिए भने ठिकै छ, सम्झेनन् वा गरेनन् भने पनि तलव भत्ता रोकिदैन । जागिर गुमाउनु पर्दैन । तर निजि क्षेत्र र सहकारीमा काम नगर्दा जागिर जोगाउन मुस्किल पर्छ । त्यसैले त्यहाँ जागिर जोगाउने गरि सिमित काम गरे पुग्छ । त्यसैले होला धेरै मानिस जागिर खानै मरिहत्ते गर्छन् । अभिभावक पनि छोराछोरी जागिरे भएको हेर्न चाहन्छन् ।

उद्यमशिलतामा अर्थात आफ्नो निजि पेसा व्यवसायमा लागेका मानिसले जागिरेले जतिमात्रै काम गरेर पुग्दैन । तिनले बढी काम गर्नुपर्छ र धेरै जोखिम लिनु पर्छ । जसले धेरै काम गर्न र जोखिम लिन सक्छ त्यो मात्रै उद्यमि बन्न सक्छ ।
पहिला जागिर खोज्ने र जागिर नपाए मात्रै व्यवासायमा लाग्ने मानिसले व्यावसायमा सफलता पाउन हम्मे पर्छ । पहिले जागिर खाएका तर व्यवसाय गर्ने उद्देश्य बोकेका मानिसले जागिरबाट अनुभव लिएर व्यवसाय गर्दा सफल भएका धेरै उदाहरण भेटिन्छन् ।

उद्यमशिलता एउटा चरित्र हो । जोसँग जागिरे चरित्र छ त्यो उद्यमि बन्न कठिन छ । यदि हामी कोही उद्यमि बन्न चाहन्छौं भने पहिला उद्यमि चरित्रको आवश्यकता पर्छ । यो हेर्दा, सुन्दा सामान्य लाग्छ तर व्यवसायमा सफल हुने वा नहुने भन्ने कुरामा यसले ठुलो अर्थ राख्छ ।

म यहाँ एउटा सानो उदाहरण राख्छु ः राम र अमित छिमेकि हुन् । गाउँको स्कुलमा पढदादेखिका साथि । पढाई सकेर दुवैले शहरमा एउटै कम्पनिमा काम शुरु गरे । दुवैको काम अलगअलग बजारमा गएर कम्पनिका समान बिक्रि गर्नु थियो । रामले यो काममा निकै प्रगति गर्यो । कम्पनिले सोचेभन्दा राम्रो काम गरेको थियो । अमितले पनि काम त राम्रै गर्यो तर रामको जतिको धेरै गर्न सकेको थिएन । कम्पनिले अमितलाई पनि नराम्रो मानेन । दुवैको सेवा सुविधा बराबरी थियो । रामले अमितको भन्दा धेरै काम गर्ने भएकाले उसले बढी समय लगाउने नै भयो । रामको बिक्रि धेरै थियो । रामले नयाँनयाँ ग्राहक पनि बनायो । रामसँग सबै ग्राहक सन्तुष्ट थिए । ग्राहकलाई सन्तुष्ट पार्न र कम्पनिको बढीभन्दा बढी बिक्रि गर्न राम सधै तयार हुन्थ्यो र गथ्र्यो पनि । राम बढी काम गरेर नै सन्तुष्ट थियो । मैले धेरै काम गरेको छु भन्ने अहम्ता कहिल्यै राखेन । उता अमितलाई लाग्थ्यो मैले कम्पनिले दिएको जिम्वेवारी पुरा गरेकै छु । समयसम्म काम गरेकै छु । नराम्रो केही भएको छैन । उ पनि सन्तुष्ट थियो ।

एक दिन अचानक रामले कम्पनिको जागिरबाट राजिनामा दिए । अमितले अचम्म मान्यो । जागिर नछाडन सम्भ्mायो । कम्पनिले रामलाई बोलाएर सोध्यो किन जागिर छाडछौ । रामले आप्mनै काम शुरु गर्ने भनेर जवाफ दिए । कम्पनिले सुविधा बढाउने बचन दियो । तर रामले राजिनामा फिर्ता लिएनन् ।

रामले कम्पनिको जागिर छाडेर आप्mनै व्यवसाय शुरु गरे । व्यवसाय शुरु गर्दा उनले धेरै नै मेहनत गर्नुपर्यो । धेरै समय काम गरे । जोखिम लिए । ऋण लिए । अमितलाई लाग्यो रामले यति राम्रो र आनन्दको जागिर छाडेर दुखः विसायो । रामलाई सजिलो थिएन तर उसले कहिल्यै हरेस खाएन । रामको व्यवसाय बढदै गयो । उसले कम्पनि नै बनाएर व्यावसाय अगाडि बढाए । कम्पनिको व्यवसाय विस्तार हुदै गयो । कर्मचारी थपिदै गए । रामको पहिचान बदलियो । उ अब कम्पनि मालिक भयो, उसको धन, ख्याति र प्रभाव बढदै गयो ।

अमित र राम पुराना साथि । भेट भइनै रहन्थ्यो । एक दिन अमितले भन्यो राम तिमी निकै भाग्यावानी रहेछौ । आज तिमी पनि मालिक भयौ । रामले गमेर भन्यो अमित म हिजो पनि मालिक थिएँ र आज पनि । अमितले बुझेन । सोध्यो कसरी ? हिजो त तिमी र म सँगै कम्पनिमा काम गरेको होइन । कम्पनिको मालिक त अरु नै थिए ।

रामले भने अमित मालिक हुनु भनेको धन मात्रै होइन त्यो त चिन्तन र चरित्र हो । म हिजो अर्कैको कम्पनिमा काम गर्दा पनि आपूmलाई मालिक नै सम्झन्थें र मालिक जस्तै काम गर्थें । मैले कहिल्यै सोचिन कि म यो कम्पनिमा जागिर खादैछु भनेर । मैले सधै सोच्ने गर्थें म यहाँ मालिक हुँ र म मेरो आफ्नै काम गर्दैछु । तिमीलाई थाहा छ त्यो बेला म तिमीभन्दा धेरै समय काम गर्थें र धेरै बिक्रि गर्थें । म त्यो बेला पनि ग्राहकलाई पुर्ण सन्तुष्ट बनाउन पुरै कोशिस गर्थें । किनकि म आपूmलाई मालिक नै ठान्थें । आज पनि म त्यही गर्छु, त्यही ठान्छु, त्यसरी नै काम गर्छुृ । फरक के मात्रै भएको छ भने हिजो म अरुको मातहतमा बसेर काम गर्थें आज मेरो मातहतमा अरुले काम गर्छन् । मालिक त म हिजो पनि थिएँ र आज पनि छु । अमित केही नबोली हिँडे ।

हाम्रो समाजमा धेरै मानिस विशेष गरि युवाहरु मालिक हुने सोच राख्दैनन्, आपूmलाई मानसिकरुपमा पुरै नोकर बनाउछन् र जागिरको खोजीमा भौतारिन्छन् । तिनले हत्तपत्त जागिर पाउदैनन् र पाइहालेछन् भने पनि राम्ररी काम गर्दैनन् । किनकि तिनले कहिल्यै आपूmलाई मालिक ठान्दैनन् ।

याद गर्नुहोस् जुनदिनबाट तपाईले आपूmलाई मालिक ठान्नुहुन्छ तपाई त्यही दिनबाट मालिकले जसरी काम गर्न थाल्नु हुन्छ । जब तपाई मालिकले जसरी काम गर्नुहुन्छ तपाईलाई मालिक बन्न समय लाग्दैन । यदि कसैको जागिर नै खाएको भएपनि तपाईमा मालिक हुनुको अनुभुति विकास हुन्छ । यस्तो अनुभुतिले तपाईलाई जिम्वेवार बनाउछ, तपाईको सोचमा परिवर्तन हुन्छ । सोचसँगै कर्ममा परिवर्तन हुन्छ । र, तपाईको कामले तपाईलाई जागिरमा समेत मालिक बनाएरै छाडछ । तर, जवसम्म तपाई आपूmलाई जागिरे, नोकर ठान्नु हुन्छ, तबसम्म तपाईको कामले राम्रो नतिजा दिदैन । तपाईले गर्ने कामले राम्रो नतिजा नदिदासम्म तपाईको महत्व खासै हुदैन । जेनतेन जीवन चल्छ । आज धेरैको हविगत यस्तै छ । मालिक बन्न चाहनेले कर्मचारी वा जागिरेले जतिमात्रै काम गरेर पुग्दैन । धेरै समय काम गर्नुपर्छ । जिम्वेवारी लिएर काम गर्नु पर्छ र बारम्बार जोखिम लिईरहनु पर्छ । मालिक बन्ने कि जागिरे ? यो आपैmले रोज्ने र निर्णय गर्ने हो ।

जागिरेमा पनि समय सक्ने जागिरे र काम सक्ने जागिरे हुन्छन् । जागिर खानेहरुको कामका लागि समय तोकिएको हुन्छ । त्यो समय सकिएपछि जागिरको वा हाजिराको पैसा पाईन्छ । त्यो पैसामा मात्रै ध्यान भएकाहरुले समय सक्न काम गर्छन् । काम के गर्नु गरेजस्तो गर्छन् । यी निम्न कोटीका कामदार वा जागिरे हुन् । अर्का एक खालका हुन्छन् । यस्ता खालका कामदार वा जागिरे काम सक्न काम गर्छन् । जस्तै मास्टरले कोर्ष पुरा गर्न छिटोछिटि पाठ अगाडि बढाउछन् । तर विध्यार्थिले सिकेनसिकेको वास्ता गर्दैनन् ।

सरसफाईको कामको जिम्मा भएका मानिसले छिटोछिटो काम त सक्छन् तर राम्ररी सफाई भएनभएको वास्ता गर्दैनन् । यस्ता मानिसले काम सक्ने हतारोमा कामले के नतिजा दियो त्यो कहिल्यै ध्यान दिदैनन् । यी मानिस पनि कहिल्यै मालिक हुन सक्छदैनन् । आफ्नै काम गरेर पनि मालिक हुन सक्दैनन् । मालिक त त्यो हो जसले जहाँ र जस्तो अवस्थामा पनि आफुले गर्नु पर्ने कामलाई आपैm मालिक हुँ भन्ने बोध गरेर काम गर्छन् । यस्ता मानिस सबैका लागि महत्वका हुन्छन् । भरोसा योग्य हुन्छन् । कामले दिने नतिजाको सधै ख्याल गर्छन् । आपूmले गरेको कामसँगै रमाउछन् र कामको नतिजामा आनन्द एवं खुसी महशुस गर्छन् ।

हाम्रा स्कुल कजेजहरु नोकर जन्माउने कारखाना भएका छन् । तिनले राम्रा नोकर जन्माउन सकेका भए त राम्रै मान्नु हुन्थ्यो । तर तिनले धेरैजसो घटिया नोकर जन्माउने गरेकाले बेरोजगारी समस्याले उचाई लिइरहको छ । किशोरकिशोरी उमेर देखिनै जोकर बन्ने चाहना राख्नेहरु कहिल्यै मालिक बन्दैनन् । १०।२० लाख रकम ऋण पाउने र खर्च गर्न सक्ने बाबुआमाका छोराछोरी विकसित मुलुकका नोकर बन्ने चाहना राख्छन् । एक दुईलाख ऋण पाउने र खर्च गर्ने हैसियत भएकाहरु मलेशिया र खाडी मुलुक गए । त्यो हैसियत पनि नभएकाहरु भारतमा गएर नोकर बन्छन् । अहिलेको तितो सत्य हो । यो नोकर बन्ने सोचमा परिवर्तन गरेर मालिक बन्ने सोचको विकास आजको आवश्यकता हो ।
२०७७।०२।११

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here