बाह्रदशीका कृषकलाई करोडका कृषि औजार वितरण

0
987

बितामोड ।

झापाको बाह्रदशी गाउँपालिकाका कृषकका लागि झण्डै एक करोड रुपैयाँ बराबरको कृषि औजार र पानी तान्ने मोटर वितरण गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि कृषकलाई अनुदानमा पानी तान्ने मोटर र कृषि औजार बितरण गरेको हो । गाउँपालिकाले पशुपालक कृषकलाई कुटी काट्ने मेसिनदेखि पानी तान्ने मोटरसम्म बितरण गरेको छ ।

गाउँपालिकाका सबै नागरिकलाई स्वावलम्बी बनाउन गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर ७६ लाख बरावरको पानी तान्ने मोटर बितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले जानकारी दिए । गाउँपालिकाले पाँच सय १३ जना कृषकलाई १८ हजार तीन सय प्रतिगोटा पर्ने पानी तान्ने मोटर बितरण गरेको हो ।

२ हर्सपावरको मोटर वितरण गरिएसँगै बाह्रदशी गाउँपालिकामा झण्डै चार सय बिगाह क्षेत्रफलमा सिञ्चाईका लागि सुविधा पुग्ने बताइएको छ ।

मोटर खरिदका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने प्रत्येक वडाले आफ्ना वडावासीलाई छुट्टाछुट्टै रुपमा कुटी काट्ने मेसिन, पानी तान्ने मोटर, मकै छोडाउने मेसिन बितरण गरेको छ । वडा कार्यालयले मात्रै एक सय थान पानी तान्ने मोटर वितरण गरेको बताएको छ ।

गाउँपालिकाका अधिकांश कृषक कृषि पेशामा निर्भर रहेकाले उनीहरुलाई कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकाले सहयोग पु¥याएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले बाह्रदशीलाई मकै जोन घोषणा गर्दै मकै लगायतका खाद्यवस्तु ड्राइ गर्ने ड्रायर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

जसका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिने गाउँपालिका श्रोतले जनाएको छ । गाउँपालिकाले स्थानीयको सहभागितामा अहिले पनि कृषि औजारवितरण कार्यक्रम सञ्चालन गरिरहेको छ । हाते ट्याक्टर, टिलरलगायतका कृषि औजार बितरणमा गाउँपालिकाले वाह्रदशी गाउँपालिकावासीसँग हातेमालो गरिरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here