नेपालको नयाँ नक्सा निशान छापमा समेटिएको भन्दै स्वागत

0
1354

तुलसीप्रसाद निरौला / विर्तामोड ।

साहित्य चौतारी झापाले नेपाल सरकारले दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सामा समावेश गरी उक्त नक्सा निशान छापमा समेटिएको भन्दै उक्त कार्यको स्वागत गरेको छ ।

साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको वैठकमा सरकारले गरेको उक्त कार्यको स्वागत गरिएको हो ।

वैठकमा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठले भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित हुनु नेपाली जनताका लागि गर्वको विषय रहेको बताए ।

भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताउँदै उनले भारतसँग कूटनीतिक वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन पनि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका २९ जना नेपालीसहित विश्वमा कोरोना भाइरसका संक्रमणका कारण ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्दै वैठकमा शोक प्रस्ताव पारित गरिएको थियो भने कोरोना भाइरसका संक्रमणका कारण उपचाररत्हरुको सीघ्र स्वास्थ्यलाभको कामना र यस्तो महामारी कहिल्यै नआओस् भन्ने कामना समेत गरिएको थियो ।

कार्यक्रममा आगामी असार ३१ गते हुने साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा २०७ औं भानु जयन्ती कोरोना भाइरसको सङ्क्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनको अवस्थामा भानुभक्तिय रचना , साहित्यिक रचना, संगीत , गीत कला संस्कृति प्रस्तुत गरी मनाइने जानकारी दिइयो ।

कार्यक्रममा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र सल्लाकार हस्त परियारले गीत प्रस्तुत गरेका थिए भने अध्यक्ष टङ्क काफ्ले विकल्प सहसचिव खगिन्द्रा खुसी, सदस्य देवीचरण भण्डारी, साहित्यकार टीका भट्टराई नेपालले कविता तथा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय धान दिवस तथा दहीचिउरा संस्कृतिको उजागर गर्दै सामुहिक दहीचिउरा समेत खुवाइएको थियो ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षिका उर्मिला विमली श्रेष्ठ , गौरव श्रेष्ठ, गर्ग श्रेष्ठ , सल्लाहकारहरु हस्त परियार , कृष्णप्रसाद पौडेल, उपाध्यक्षद्वय कृष्ण सुवेदी, कृष्ण योञ्जन, पूर्व महासचिव राजेन्द्र संग्रौला , सहसचिव खगिन्द्रा खुसी,कोषाध्यक्ष भवानी गौतम , सदस्यहरु विमला चिमरिया, देवीचरण भण्डारी, रंगकर्मी माधव कल्पित , टीका भट्टराई नेपाल र गीता खनाल भण्डारी को सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here