रिजन ३ मा सविन, जोन १० मा समिरा

0
1374

बिर्तामोड,

सामाजिक क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय संस्था लियो क्लवले बुधवारबाट आफ्नो क्षेत्र अनुसारको नयाँ नेतृत्व पाएको छ ।
अन्तराष्ट्रिय मान्यता अनुसार जुलाई १ देखि हरेक वर्ष यो संस्थाको नेतृत्व परिर्वतन हुँदै आएको छ । जस अनुसार लिओ क्लव अफ अनारमनी, रिजन र जोनको समेत नेतृत्व परिर्वतन भएको छ । लिओ क्लव अफ अनारमनीको अध्यक्षमा लियो सुरेन्द्र गिरी, जोन १० मा लियो समिरा शिवाकोटी र रिजन ३ मा लियो सविन शिवाकोटी चयन भएका छन् ।


समिरा लिओ क्लव अफ अनारमनीको निर्वतमान अध्यक्ष समेत हुन् र लियो सबिन भने सो क्लबका संस्थापक अध्यक्ष हुन् । लियो क्लब, लायन्स क्लब अन्तरास्ट्रियको युथ प्रोजेक्ट अथवा जुनियर लायन्स हो ।
लायन्स क्लब अन्तरास्ट्रिय विश्वका दुई सय पाँच भन्दा बढी मुलुकमा क्रियाशील रहेको सामाजिक सेवा गर्ने संस्था हो । सन् १९१७ मा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो ।

विश्वभर ४६ हजार लायन्स क्लबहरु छन् भने यसका सदस्यहरु १४ लाख बढी छन् । नेपालमा मात्र २५ हजार भन्दा बढी सदस्यहरु लायन्समा आवद्ध छन् । त्यस मध्येकै लिओ क्लव अफ अनारमनी रहेको बताइन्छ । नेपालमा भएको लायन्स तथा लियोको चार डिस्ट्रिक मध्ये ३२५ ए वानमा लिओ क्लव अफ अनारमनी रहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here