प्रदेश–१ मा ३८ कोरोना संक्रमित थपिए दुई बालबालिकासहित २१ जनाले जिते कोरोनालाई

0
702

विराटनगर ।

प्रदेश १ मा ३८ जना कोरोना संक्रमित थपिएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५३ पुगेको छ ।

विराटनगर स्थित कोभिड उपचार केन्द्रबाट ३ बर्षीय बालक र ३ वर्षीया बालिका सहित १५ जना र धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना गरी २१ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरंग र उदयपुरमा ५–५ जनामा कोरोना पोजिटिभ रिपोर्ट आएको छ ।

झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिला, मोरंगको विराटनगरमा ३ पुरुष, बेलबारी र बुढीगंगामा १–१ पुरुष, उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ का जिल्लाहरुमा सवै भन्दा बढी झापा जिल्लामा मात्र २ सय ७१ जना संक्रमितहरु छन, भने मोरङमा १ सय ६६ पुगेका छन् । यसै गरी सुनसरीमा ९२ पुगेको छ भने धनकुटामा ८ , भोजपुरमा ६, खोटाङमा १०, ,उदयपुरमा ७२ ,सोलुखुम्बुमा १ , संखुवासभामा ५ जना, तेह्रथुममा ३ जना इलाममा १० जना , पाँचथर ३ ताप्लेजुङमा ५ जना र ओखलढुङगामा २ जना संक्रमितहरु रहेका छन् ।

संक्रमितहरुको विराटनगर स्थित कोभिड उपचार केन्द्रमा, धरानको वीपी कोइराला विज्ञान स्वाथ्य प्रतिष्ठनमा , मोरङको सुन्दरहरैंचमा स्थापना गरेको आइसोलेसन सेन्टर र उदयपुरको चौदण्डीगढीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको कुल संख्या ४ सय २१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।-न्यूज २४ बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here