दिल्लीमा अलपत्र ६ नेपालीको उद्धार

0
910

चन्द्रौटा, 

भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरूलाई तेस्रो मुलुक पु¥याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पु¥याइएको थियो ।

शान्ति पुनःस्थापनागृहको पहलमा उनीहरूलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उहाँको भनाइ थियो । ती महिलालाई प्रलोभनमा पार्नेमा एकएक महिला र पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।

उनीहरूलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौँ पठाइएको गृहका कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here